राजनीति

हेटौँडा–४ लाई ०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवान–मुक्त बनाउँछौँः अध्यक्ष सिग्देल

हेटौँडा–४ लाई ०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवान–मुक्त बनाउँछौँः अध्यक्ष सिग्देल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० कात्तिक, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर –४ का वडा अध्यक्ष नवीन सिग्देलले २०८४ सालभित्र वडालाई कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्याबाट पूर्ण रूपमा मुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । लक्ष्मी टोल विकास संस्थाको ८औँ साधारण सभामा बोल्दै उनले वडा भित्रका सबै सडकको स्तरीकरण, सुधार र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । वडा–४ हेटौंडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले व्यवस्थित शहर निर्माणका लागि पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले संघ, प्रदेश र उपमहानगरसँग समन्वय गरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिए । ‘हामीले थालेको कामले नगरबासीले परिवर्तन महसुस गर्नुभएको छ। अब २०८४ भित्रै कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्या हटाएर वडा व्यवस्थित बनाउँछौं,‘ वडा अध्इक्ष सिग्देलले भने । उनले सडक पूर्वाधारसँगै शि...
बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको हो । अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरालाई जाहेरी बुझाएका बताए । जाहेरीमा बालेन साह र सुदन गुरुङले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सहभागी विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने र मानवीय क्षति हुने गरी हत्या गराएको आरोप लगाइएको छ । संयोजक पौडेलका अनुसार जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ बमोजिम ‘अपराधिक उपद्रव’ को अभियोग लगाउन माग गरिएको छ। त...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । गत १८ र १९ असोजमा परेको अविरल वर्षाबाट उत्पन्न विपद्को व्यवस्थापनलाई लक्षित गर्दै प्रदेश सरकारले उक्त बजेट स्थानीय तहहरूमा उपलब्ध गराएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायहरू सम्मिलित ‘युनिफाइड टिम’ गठन गरी प्रतिकार्यलाई सशक्त बनाइएको छ । मुख्यमन्त्री इन्द्रबहाुर बानियाँको अध्यक्षतामा बसेको टिमको बैठकले खोज, उद्धार र राहतका लागि तत्काल कदम चाल्न निर्देशन दिएको थियो । मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालका अनुसार, प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णयअनुसार २१ वटा स्थानीय तहलाई २ करोड १० लाख र १६ वटा स्थानीय तहलाई २ करोड...
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक ग¥यो

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक ग¥यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२० असोज, हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बैठकले सर्वसम्मत रूपमा कार्यतालिका स्वीकृत गर्दै निर्वाचन तयारीको औपचारिक प्रक्रिया सुरु गरेको हो। निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि पुनःदर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसपछि पुस १८ र १९ गते बन्दसूची ९अयिकभम ष्कित० पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। त्यसपछि उम्मेदवार मनोनयन, नामावली प्रकाशन र उम...
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा मंगलबार राजधानीस्थित नक्साल भगवती मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ। उहाँसँगै प्रथम महिला सविता पौडेल पनि उपस्थित हुनु भएको थियो। राष्ट्रपति पौडेलले यस वर्ष नक्साल भगवतीमा मात्र उपस्थित भई पूजाआराधना गर्नुभएको भए पनि अन्य शक्तिपीठमा भने भेटी पठाइएको राष्ट्रपतिका सचिवालयले जनाएको छ। अघिल्ला वर्षहरूमा राष्ट्रपतिले शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी र इन्द्रायणीसहितका शक्तिपीठमा पुगेर दर्शन गर्ने परम्परा थियो। दसैँको अवसरमा उपत्यकाका प्रमुख शक्तिपीठको दर्शन गर्ने राष्ट्रप्रमुखको परम्परा निरन्तरता दिँदै यस पटक राष्ट्रपति पौडेलले नक्साल भगवतीमा पूजा अर्चना गर्नुभएको हो।...
कांग्रेस सभापति देउवाका नातेदार भूषण राणाको घरमा प्रहरी छापा

कांग्रेस सभापति देउवाका नातेदार भूषण राणाको घरमा प्रहरी छापा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२ असोज, हेटौंडा । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। सीआईबीबाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुर जावलाखेलस्थित राणाको निवास घेराबन्दी गरी खानतलासी कार्य थालेको पारिवारिक स्रोतले जनाएको छ। यस क्रममा प्रहरी टोलीले घरभित्रका सामग्रीहरूको तलासी र केही बरामद गरेको बताइएको छ। भूषण राणा, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। उनीमाथि आरजु संलग्न कतिपय डिलमा प्रतिनिधिको रूपमा खटिने गरेको आरोप लाग्ने गरेको थियो। गोप्य सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।...
भदौ घटनाको छानबिनः ओलीसहित पाँच जनामाथि विदेश जान रोक

भदौ घटनाको छानबिनः ओलीसहित पाँच जनामाथि विदेश जान रोक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
११ असोज, हेटौंडा । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनामाथि विदेश जान रोक लगाउने निर्णय गरेको छ । आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिअनुसार, बयानका लागि जुनसुकै बेला बोलाउन सकिने भएकाले उनीहरूलाई पूर्वस्वीकृति बिना उपत्यका छाड्न समेत नपाइने व्यवस्था गरिएको छ । यो निर्णय तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालमाथि पनि लागू हुने आयोगले जनाएको छ । २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनको दायरामा तानिएका हुन् ।...
धरानका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिए

धरानका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२ असोज, हेटौंडा । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार आयोगमा निवेदन परेको पुष्टि गर्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले हर्कबहादुर राईलाई संयोजक बनाइ दल दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले भने, “श्रम संस्कृति पार्टी नामको दल दर्ताका लागि निवेदन आएको छ, हाल आयोगले जाँचबुझ गरिरहेको छ।” साम्पाङ विगतमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानका मेयर निर्वाचित भएका थिए। दल दर्ता भएमा उनको नेतृत्वमा नयाँ दल राजनीतिक गतिविधिमा औपचारिक रूपमा प्रवेश गर्नेछ।...
बागमतीमा मन्त्रालयको संख्या घटाउन माओवादी केन्द्रले दबाब दिने

बागमतीमा मन्त्रालयको संख्या घटाउन माओवादी केन्द्रले दबाब दिने

Breaking News 1, ट्रेन्डिङ, बागमती प्रदेश, राजनीति, समाचार
९ असोज, हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन दबाब दिने भएको छ । बुधबार काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशमा रहेको १४ मन्त्रालयबाट संख्या घटाएर सानो आकारको मन्त्रिपरिषद् बनाउन दबाब दिने निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बैठकले प्रदेश सरकारलाई हाल रहेको १४ वटा मन्त्रालयबाट संख्या घटाउन दबाब दिने निर्णय गरेको जानकारी दिँदै मन्त्रालयको संख्या धेरै हुनु प्रदेश संरचनाप्रति नागरिकमा बढ्दो नैराश्यको मुख्य कारण भएको बैठकले निष्कर्ष निकालेको बताए । ‘प्रदेशमा भएका मन्त्रालयको संख्याले आमनागरिकमा नैराश्यता छाएको छ । संघीयताप्रति नकरात्मकता बढ्दै गएको छ,’ उनले भने, ‘त्यसकारण हामीले मन्त्रालयको संख्या घटाउन दबाब दिने निर्णय गरेका हौँ ।’ उनका अनुसार प्रमुख प्रतिपक्ष दलको है...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। संघीय विशिष्ट पदाधिकारी ९भिभिआइपी० बाहेक कसैले पनि सल्लाहकार नियुक्त गर्न नपाउने निर्णय पनि गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको हो। सोहीअनुसार स्वकीय सचिव र सल्लाहकारसम्बन्धी सुविधा खारेज गरिएको हो। सरकारको निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। मन्त्रिपरिषद्का निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक अन्य कुनै पदाधिकारीले सल्लाहकार नियुक्...