राजनीति

कांग्रेसको सभापतिमा गगन थापा चयन

कांग्रेसको सभापतिमा गगन थापा चयन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२ माघ, हेटौंडा । कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा बुधबार नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको छ । पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन् । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए । सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बह...
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिको नाम दर्ता

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिको नाम दर्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२७ पुस, हेटौंडा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनको पहिलो दिन कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२ प्रतिशतभन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन्। आज आइतबार बिहान सवा ८ बजेदेखि सुरु भएको नाम दर्ता प्रक्रिया उद्घाटन सत्र समापन हुँदासम्म ६२.४ प्रतिशत पुगेको हो। उक्त तथ्यांक उद्घाटन सत्रको कार्यक्रमका उदघोषकले नेता गगन थापाको मन्तव्यलगत्तै सार्वजनिक गरेका थिए। नेपाली कांग्रेसका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसमध्ये ६२.४ प्रतिशत अर्थात् करिब ३ हजार प्रतिनिधिले पहिलो दिनमै नाम दर्ता गराएका हुन्। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दोस्रो विशेष महाधिवेशनको बन्द सत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिए। बन्द सत्रमा पार्टीको संगठनात्मक संरचना, समसामयिक राजनीति तथा भावी कार्यदिशाका वि...
मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा–सुविधाको रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले धुसर बस्ने लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि निर्माण सुरु गरिएको थियो । करिब ८ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङ सुरक्षित आवास नि...
पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम बानियाँले आधारभूत पूर्वाधारको विकास नगरी नागरिकको आर्थिक जीवनस्तर उकास्न नसकिने बताएका छन् । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, पुल र बिजुलीजस्ता संरचनाले मात्र जनजीवन सहज र सशक्त बन्ने भएकाले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । 'सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्दैनन्,' मुख्यमन्त्री बानियाँले भने, 'त्यसैले मेरो नेतृत्वको सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मुख्यमन्त्री बानियाँले खानीखोला क्षेत्रका बासिन्दाको पहुँच र आवतजावत सहज बनाउन सिक्रेदोभानको पुल आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले सोमबार बिहान पुल निर्माण स्थलको अनुगमन गर्दै ठेकेदार क...
हेटौंडामा ‘उचित–अनुचित स्पर्श तथा साइबर सुरक्षा’ अभिमुखीकरण सम्पन्न

हेटौंडामा ‘उचित–अनुचित स्पर्श तथा साइबर सुरक्षा’ अभिमुखीकरण सम्पन्न

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१२ मङ्सिर, हेटौँडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘उचित तथा अनुचित स्पर्श एवम् साइबर सुरक्षा’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडा–१५, फायर लाइनस्थित श्री वनदेवी आधारभूत विद्यालयमा मङ्सिर १२ गते सम्पन्न भएको छ । अञ्चल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना र वनदेवी आधारभूत विद्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–१५ की वडा सदस्य मिनु विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो । अभिमुखीकरणमा सहजीकरण आशिष दुलालले प्रदान गरेका थिए। कार्यक्रममा वनदेवी आधारभूत विद्यालय तथा श्री आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी कोषाध्यक्ष निर्मला व्लोनले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन...
हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१० मङ्सिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रशासनले सक्रिय पहल थालेको छ । पटक(पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक विस्तारलाई तीव्रता दिन सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै...
मुख्यमन्त्री बानियाँद्वारा बकैया ५ र ६ जोड्ने पक्की पुलको शिलान्यास

मुख्यमन्त्री बानियाँद्वारा बकैया ५ र ६ जोड्ने पक्की पुलको शिलान्यास

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । १२० मिटर लामो पक्की पुलका लागि कुल ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०८२ असार ८ गते सम्झौता भएको आयोजना २०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका का अध्यक्ष धर्म लामिछानेले जानकारी दिए । पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करीब ८ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षाय...
बानियाँ नेतृत्व सरकारको सय दिनः कानून निर्माणदेखि पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति गरेको दावी

बानियाँ नेतृत्व सरकारको सय दिनः कानून निर्माणदेखि पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति गरेको दावी

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
९ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा साउन २० गते गठन भएको सरकारले एक सय दिन पुरा गरेको छ । राजनीतिक संक्रमण, जेन–जी आन्दोलन, अविरल वर्षा तथा चाडपर्वकाबीच पनि सुशासन, पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मंगलबार मुख्यमन्त्री बानियाँले सरकारको प्रगति विवरणसार्वजनिक गरेका छन् । मुख्यमन्त्री बानियाँले कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै ३ वटा कानून संशोधन, प्रशासनिक संरचना पुनर्संरचना, दुर्गम तथा सीमान्तकृत समुदायका लागि गास–वास–कपास सुनिश्चितता तथा विपन्न विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अघि बढाएको उल्लेख गरका छन् । उनले यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्नुका साथै अवरुद्ध प्रादेशिक अर्थ–व्यवस्था विधेयक तथा खानेपानी विधेयक दर्ता प्रक्रियासमेत अघि...
भ्रम छर्नेलाई भन्दा काम गर्नेलाई छान्न मुख्यमन्त्री बानियाँको आग्रह

भ्रम छर्नेलाई भन्दा काम गर्नेलाई छान्न मुख्यमन्त्री बानियाँको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राजनीति, समाचार
२ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन नजिकिँदै गर्दा ‘भ्रम छर्ने’ र ‘मिठा भाषण सुनाउने’ नेताहरूबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन् । उनले काम नगर्ने तर सामाजिक सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूबाट जनता भ्रमित हुन नहुने बताए । मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्वाचनको बेला देखिने भ्रम फैलाउने प्रवृत्तिबाट जनता जागरूक हुनुपर्नेमा जोड दिए । 'फेसबुक–युट्युबमा राम्रा भाषण गर्ने तर व्यवहारमा काम नगर्ने धेरै हुन्छन्,’ उनले भने, ‘जनताले अब यस्ता पात्रलाई चिन्नुपर्छ । कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’ उनले भ्रम सिर्जना गर्ने व्यक्ति तथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक...
राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम तालिका

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम तालिका

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० कात्तिक, हेटौँडा । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान...