निर्वाचनले विकास र समृद्धिको यात्रालाई नयाँ उचाइमा पुर्याउँछः राष्ट्रपति पौडेल
१८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो बिहीवार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशको विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै यसलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरे । उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताए ।
सम्बोधनमा उनले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण तथा सुशासनको प्रवर्द्धनका लागि जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । ‘मतदाताको सचेत र विवेकपूर्ण निर्णयले देशको भावी दिशा तय गर्छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले निर्वाचनलाई लोकतन्त्रको उत्...























