Author: Hetauda live

पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोधसभाको आयोजना गरेको छ। महासंघ मकवानपुरको आयोजनामा हेटौँडा२, पल्पसा हलबाट र्‍यालीसहित सीमाचोकमा पुगेर विरोधसभा गरेको थियो । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । हेटौँडाको पल्पसा(सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । महासंघको स्थापना दिवसकै दिन पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्...
राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । राजवादीको प्रदर्शनका क्रममा हिजो शुक्रबार दिनभर तनावग्रत बनेको काठामाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु र ५३ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको तथयांकअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् । पूर्व राजाका समर्थकले लुटपाटसमेत गरेका छन् । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । यस्तै तीनकुनेस्थित म...
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौं तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित महामन्त्री धवलशम्शेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।...
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।...
बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

Breaking News 1, ताजा अपडेट, मनहरी, समाचार
१५, चैत, हेटौंडा । मकवानपुरको मनहरीमा रात्रि बसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गाउँपालिका ६ लाेथरस्थित प्रहरी चौकी अगाडी प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । गएराति करिब ३ बजेकाे समयमा यात्रु बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश काेइरालाकाे मृत्यु भएकाे थियो । चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको  म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेकाे प्रहरीले जनाएकाे छ ।  दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल क...
हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार

हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार

Breaking News 1, samachar, ताजा अपडेट, हेटौँडा
१३ चैत, हेटौँडा। हेटौँडामा आफ्नै देवरले भाउँजुको विभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्ष ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाईमाथी खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो । घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्...
कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलास, ताजा अपडेट, शिक्षा
१३ चैत, हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नियुक्त भएका शिक्षकहरुलाई पदस्थापन गरेको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्दै उनले विद्यार्थीहरुलाई किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई दिन पनि आग्रह गरे । ‘विकट क्षेत्रमा बसेर काम गर्नु चुनौतिसँगै अवसर पनि हो,’ उनले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ ।’ विकट गाउँपालिकामा जिम्मेवारी लिएको भन्दै संकुचित भएर नबस्न गाउ...
एशियन कप छनोटमा नेपाल मलेसियासँग २–० ले पराजित

एशियन कप छनोटमा नेपाल मलेसियासँग २–० ले पराजित

खेलकुद, ताजा अपडेट, समाचार
१३ चैत, हेटौँडा । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एक÷एक गोल ग¥यो । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ । होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो ।...
बागमती प्रदेश सभा बैठक १९ चैतमा

बागमती प्रदेश सभा बैठक १९ चैतमा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ चैत, हेटौँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ । यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए । त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो । गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बन...
चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१२ चैत, हेटौँडा । नेकपा एमाले निकटको पत्रकार संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी र आयोग सदस्य गरी मकवानपुरका ६ जनाले जिम्मेवारी पाएका छन् । विराटनगरमा सम्पन्न भएको चौतारीको १० औं राष्ट्रिय महाधिवेशबाट गठित गणेश पाण्डे नेतृत्वको कमिटीमा मकवानपुरका ६ जनाले विभिन्न जिम्मेवारी पाएका हुन् । प्रेस चैतारी नेपाल मकवानपुका अध्यक्ष सरिता दाहलका अनुसार केन्द्रीय कमिटीको खुला सदस्यतर्फ मकवानपुरका दिपेन्द्र रोक्का र धर्मेन्द्र दाहाल केन्द्रीय सदस्य बनेका छन् । यस्तै समाजवादी प्रत्रकार संगठन र प्रेस चौतरी नेपालको एकता प्रक्रियाबाट शिवकुमार रिजाल ‘काशी’ तथा भुगोलतर्फ बागमती प्रदेशबाट पुष्पराज अधिकारी केन्द्रीय सदस्य भएका हुन् । अध्यक्ष दाहालका अनुसार प्रेस चौतरी नेपालको अनुशासन आयोग सदस्यमा उज्वल अधिकारी र लेखा आयोग सदस्यमा आरती ढकालले पनि जिम्मेवारी पाएका छन् । प्रेस चौतारीको अध्यक्षमा गणे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज