
प्रहरीको साथबाट लुटिएको पेस्तोल भेटियो
१९ चैत, हेटौँडा । मकवानपुरको कैलाशबाट लुटिएको प्रहरीको पेस्तोल भेटिएको छ । मकवानपुर प्रहरीले उक्त पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर १ स्थित वोलने लेकको जंगलमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल फालेको अवस्थामा गोलीसहित भेटिएको हो । कैलाश गाउँपालिका–६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको साथबाट ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेर भागेका थिए ।
पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा प्रवक्ता अर्यालकै नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि परिचालन गरिएको थियो ।
अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका–६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारो...