Author: Hetauda live

बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन एउटा मात्र विधेयक पारित गर्दै अन्त्य भएको छ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन चैत २० गते रातिबाट अन्त्य भएको हो । २० गते बुधबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । यसअघि १९ चैतमा बोलाइएको प्रदेश सभा बैठक दलहरूबिचको असमझदारीका कारण दुईपटकसम्म स्थगित गरिएको थियो । यस अवधिमा चार दिनमा ६ वटा बैठक बसेको प्रदेश सभाले थप कुनै काम गर्न नसकेको सचिवालयले जनाएको छ । बागमती प्रदेश सभाको २६ माघमा बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सर्वसम्मत पारित गरेको थियो । अन्य चारवटा संशोधन विधेयक दफावार छलफलका लागि विषगत समितिमा पठाएको थियो । प्रदेश...
रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

ताजा अपडेट, राजनीति, समाचार
२३ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रबाट पार्टीको जनयात्रा सुरु गरेको छ । भारतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेष्टहाउस चैरमा आयोजित सभामा नेताहरुले पाटीको चुनाव चिन्ह घण्टी बजाएर पार्टीको ‘जनयात्रा’को शुभारम्भ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चिवन सभापति कृष्णप्रसाद भषालको अध्यक्षतामा जारी सभामा पार्टीका केन्द्रीय उपासभापति एवं संघीय सांसद डा. स्वर्णीम वाग्ले, कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटी, संदीय दलका उपनेता एवं जनयात्रा कार्यक्रमका संयोजक विराजभक्त महर्जन, सांसद हरि ढकाल, शिव नेपाली, लक्ष्मी तिवारी, केन्द्रीय सदस्यहरु राजन गौतम, ध्रुव गिरी, सविना विक, कुसुम महर्जन, प्रदेशका सभापति डा. अच्युतम लामिछाने लगाएतको कार्यक्रममा उपस्थिति रहेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आजबाट सुरु भएको जनयात्रामा पार्ट...
रास्वपाका सभापति लामिछाने पक्राउ

रास्वपाका सभापति लामिछाने पक्राउ

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२२ चैत, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।...
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले पौडेललाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार प्रदेश सभाको सचिवमा नियुक्त गरेका हुन् । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । उनलाई प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सचिव पौडेलले बुधबार नै पदभार समेत ग्रहण गरेका छन् । यसअघि पौडेल प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत रहेका थिए । उनले उक्त पदबाट १७ चैतमा राजिनामा दिएका थिए । राजिनामा स्विकृत भएसँगै पौडेललाई बागमती प्रदेश सभाको सचिवमा नियुक्त हुन बाटो खुलेको थियो । संघीय संसदमा १७ वर्ष सेवा ...
बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरुले सरकार संसद प्रति गैरजिम्मेवार र असफल सावित भएको दावी गरेका छन् । प्रदेशसभाको बैठक आह्वान भइरहदाँ सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले सरकार गैरजिम्मेवार र असफल भएको दावी गरेका हुन् । बुधबार दिउँसो १ बजे प्रदेश सभा आव्हान भएकै अवस्थामा बिहान मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरु आक्रोसित बनेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन बुधबार रातिबाट लागु हुनेगरी अन्त्यसमेत गरेका छन् । बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले संसद छलेर निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनीहरुले सरकार संसद प्रति गैरजिम्मेवार बनेको बताए । आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल...
सुमो दुर्घटना हुँदा मकवानपुरका ९ जना घाइते, ३ को अवस्था गम्भिर

सुमो दुर्घटना हुँदा मकवानपुरका ९ जना घाइते, ३ को अवस्था गम्भिर

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
२० चैत, हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार अपरान्ह रौतहटबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासे स्थित भीमफेदी कुलेखानी सिस्नेरी सडक खण्डमा दुर्घटनामा परेको हो । सुमो सडकाबाट झण्डै एकसय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले चालक सहित १० जना रहेको सुमोमा ३ जनाको गम्भिर, १ जना मध्यम र ५ जना सामान्य घाइते भएको जानकारी दिए ।उनका अनुसार प्रहरी सहा यक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । सुमो चालक प्रहरीको सम्पर्कमा रहेको र घाइतेहरुको पहिचान खुल्न बाँ...
बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालेको ५औं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू ५औं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारराति ११ः५९ बजेबाट अन्त्य हुनेछ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत जम्मा ४ दिनमा जम्मा ६ वटा बैठक बसेको छ । यस्तै १९ चैतमा बोलाइएको प्रदेश सभाको बैठक दलहरुबिचको असमझदारीका कारण दुईपटकसम्म सरेर अत्य गरिएको छ । बुधबार बिहान बसेका बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । संसद बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछी संसद प्रभावित भएको थियो । सरकारका प्रवक्ता एवम् आन्तरिक म...
बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको बुधबारका लागि बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख भुवन कुमार पाठकको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रदेशसभा संचालनको अवस्था नरहेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम २ बमोजिम सूचना टाँस गरेर बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभा संचालनका लागि मंगलबार दिनभर बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षदलहरु बिच सहमती जुट्न नसक्दा प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । सत्तापक्ष र विपक्षी दलहरुबिच विगतमा भएको सहमती कार्यान्वयनको व...
बागमती प्रदेश युवा परिषद्ले विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै

बागमती प्रदेश युवा परिषद्ले विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२० चैत, हेटौँडा । युवामा रहेका सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई मूर्त बनाउने उद्देश्यसहित बागमती प्रदेश युवा परिषद् र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नवाचारलाई प्रोत्साहन गर्दै युवा स्टार्टअपलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम निरन्तर सञ्चालन हुनेछ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा.यम सिलवाल र प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंबीच समझदारीपत्र आदान–प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत नवप्रवर्तनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्दै उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । विभिन्न चरणमा छनोट गरिने युवा नवप्रव...
प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । मंगलबार १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष दलहरुबिच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बिहान ९ बजेदेखि बसेको सर्वदलिय बैठकमा दलहरुबीच दिनभर छलफल भएपनि सहमती जुटन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक बस्न सकेन् । विगतको सहमती कार्यान्वयनको ठोस प्रतिवद्धता नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानकाकार दिनभर दलहरुबिच सहमतीका लागि छलफल भएको थियो । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बिच सहमती हुन नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो । त्यसबिचमा पनि दलहरुबिच सहमती हुन नसक्दा ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज