अर्थ

नेपालमा एमसीसी परियोजना स्थगित

नेपालमा एमसीसी परियोजना स्थगित

Breaking News 2, अर्थ, समाचार
७ फागुन, हेटौँडा । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे फागुन दुईमा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसीं) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ । अर्थ मन्त्रालयले विज्ञप्तीमार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी गराएको हो । अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू स्थगन भएको जानकारी दिएको छ। एमसिसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो। ‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी...
हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार
६ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे । सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने उनले प्रतिबद्धता जनाए। निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । १८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रह...
गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असइ) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। यसअघि प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमान्डमा चौकीको जिम्मेवारी दिइएको हो । गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित तीनजनालाई हटाएर अनुसन्धान अघि बढाइएको छ । सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुसवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो । उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई पाँच हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।...
हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

Breaking News 1, अर्थ, ट्रेन्डिङ, समाचार
५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ । आइतबार चितवनतिरबाट हेटौंडा हु...
आर्थिक अभावको मार खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ बिक्री

आर्थिक अभावको मार खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ बिक्री

Breaking News 1, अर्थ, समाचार
५ फागुन, हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको उद्योगको असफल प्रयास गर्दै आएको थियो । ९ वर्षअघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन । खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको थियो । बन्द अवस्थामा रहेको रोप–वे का उपकरणहरू लिलामीका लागि पहिलो पटक सूचना आह्वान गर्दा उद्योगले उक्त रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३...
मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार, हेटौँडा
५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ । मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक...

हेटौँडा हुँदै गोरु तस्करी, प्रहरीले सहयोग नगर्दा पथलैयाबाट ट्रक नियन्त्रण

Breaking News 1, अर्थ, समाचार, हेटौँडा
५ फागुन, हेटौँडा । आइतबार साँझ ६ः३० बजेको समयमा हेटौँडा हुँदै गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।हेटौँडा– १५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो । अबेर राति ११ बजे नियन्त्रणमा लिइएको गोरुसहितको ट्रक हेटौँडा ल्याइएको उनले बताए । आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरुसहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा बा।प्र। ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्दै गरेको ...
बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

अर्थ, खेलकुद, बागमती, राक्सिराङ्ग, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयोग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गर्नुभएको छ । बागमती(४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त ...
दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, भीमफेदी
महेन्द्रनगर -कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ । उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडा...
वडाध्यक्ष नै अध्यक्ष रहेको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोप

वडाध्यक्ष नै अध्यक्ष रहेको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोप

अर्थ
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिस्थित सरस्वती माध्यमिक विद्यायल(प्राविधिक) मा औषधि खरिदमा अनियमितता भएको आरोप लागेको छ । प्रि–डिप्लोमा ईन भेटनरी साईन्स कार्यक्रमका लागि विद्यालयले कोटेसनमार्फत गत जेठमा खरिद गरेको औषधिमा अनियमिता भएको विद्यालयकै शिक्षकहरुको दावि छ । विद्यालयका कार्यक्रम संयोजक धिरेन्द्र कुमार ढुङ्गालले औषधि खरिदमा आर्थिक अनियमिता भएको बताए । उनका अनुसार सिटीईभीटीबाट औषधी खरिदका लागि तीन लाख बजेट आएकोमा कम औषधी खरिद गरिएको बताए । प्रयोगशाला र पशु उपचारका लागि आउने किसानका लागि गरिएको औषधी खरिद पक्रियाबारे आफु कार्यक्रम संयोजक भएपनि विद्यालयले कुनै जानकारी नगराएको उनको भनाई छ । माग फारम अनुसार एक लाख भन्दा कमको औषधी आएको देखिएको उनले बताए । केही औषधी अंकित मुल्य नभएको, म्याद नाघेको समेत भेटिएको छ । त्यस्तै विद्यालयकी सहायक प्रशिक्षक आस्था जोशीले बिलमा तीन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज