राजनीति

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न

Breaking News 2, अन्तरराष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
६ असार, पोर्चगल । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुई वर्षे कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा एन बी अन्जान अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा सागर शाह, उपाध्यक्षमा उर्मिला कार्की, महासचिवमा मणिराज गौतम, सचिवमा ऋतुशला लामा, कोषाध्यक्षमा मुना नेउपाने निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला चयन भएका छन् । अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन सम्पन्न गर्न निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । निर्विरोध निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिव लगायतले श...
वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण गर्नेलाई कारबाहीको माग

वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण गर्नेलाई कारबाहीको माग

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बुधबार दिउँसो हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ । बैठकले यो गैरराजनीतिक, नियोजित आक्रमण भएको ठहर गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको हो । वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै बुधवार दिउँसो सांघातिक आक्रमण भएको थियो । चाइना क्वाटरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको समूहले उनीमाथी कुटपिट गर्नुका साथै मोबिल छ्यापेका थिए । घटनाको बिषयमा बोल्दै मेयर मिना लामाले वडाध्यक्षमाथिको आक्रमण गम्भीर र आपत्तिजनक भएको बताएकी छन् । ‘समस्या समाधानका वैधानिक बाटो हुँदाहुँदै ज्यानै लिने शैलीको आक्रमण स्वीकार्य छैन ।’उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राखेकी छन् । कार्यपालिका बैठकपछि घटनाको बारेमा जानकारी दिँदै वड...
स्वर्णलक्ष्मी सहकारीपीडितद्वारा सहकारी मन्त्रालय घेराउ

स्वर्णलक्ष्मी सहकारीपीडितद्वारा सहकारी मन्त्रालय घेराउ

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ जेठ, हेटौँडा । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गर्दै पीडित बचतकर्ताहरूले सोमबार बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन्। सहकारीमा जम्मा गरेको बचत रकम नपाएको भन्दै आक्रोशित बचतकर्ताहरूले नाराबाजी गर्दै हेटौँडास्थित मन्त्रालय परिसरमा धर्ना दिँदै समस्याग्रस्त घोषणा गरी निक्षेप सुरक्षित गर्न सरकारलाई दबाब दिएका हुन् । बचतकर्ताहरूले एक वर्षअघि पनि मन्त्रालयमा उजुरी दिएको, तर सुनुवाइ नभएको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् । पीडितहरूले १३ हजारभन्दा बढी सेयर सदस्य रहेको सो सहकारीमार्फत २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गरेका छन् । उनीहरूले रवि लामिछानेमाथि मात्र कारबाही गरेर अन्य दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै राज्य र सरकारको भूमिकामा प्रश्न उठाएका छन्...
त्रास र डर बोकेको नेतृत्वले समाजको विकास गर्न सक्दैनः नगर प्रमुख लामा

त्रास र डर बोकेको नेतृत्वले समाजको विकास गर्न सक्दैनः नगर प्रमुख लामा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
२४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले त्रास र डरमा आधारित नेतृत्वबाट समाजको विकास सम्भव नभएको बताएकी छन् नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार सम्पन्न सञ्चार क्षेत्रमा प्रविधिले ल्याएका चुनौती र अवसरू विषयक कार्यशाला गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सञ्चारकर्मीहरूले सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखिन्। “समाजमा मानवता हराउँदै गएको छ। यस्तो अवस्थामा सञ्चारकर्मीले नेताहरूको दृष्टिकोण जनस्तरसम्म पुर्‍याउनुका साथै जनतालाई सुसूचित गरेर नेतृत्वलाई जवाफदेही बनाउने गरी कलम चलाउनुपर्छ,” नगर प्रमुख लामाले भनिन्। उनले वर्तमान संविधान र व्यवस्थामाथि जनताको नकारात्मक दृष्टिकोण बन्न थालेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले जनचेतना फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिइन्। कार्यक्...
अधिकार सम्पन्न यातायात प्राधिकरण गठनको माग

अधिकार सम्पन्न यातायात प्राधिकरण गठनको माग

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ जेठ, हेटौंडा । सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, उपभोक्तामुखी र प्रविधिमैत्री बनाउन ुसार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिुले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेको छ। विभिन्न सात बुँदे मागसहित समिति प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बुधबार ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा सर्वोच्च अदालतको २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। उक्त परमादेशले संघसंस्था दर्ता ऐन, २०३४ अनुसारका यातायात समितिहरूको नवीकरण र सम्पत्ति फुकुवाको व्यवस्था गर्न निर्देशन दिएको थियो। त्यस्तै, सवारी ऐन २०४९ संशोधनको क्रममा नेपाल सरकार, व्यवसायी महासंघहरू र मजदुर संगठनहरूबीच भएका विभिन्न सहमति र कार्यदल प्रतिवेदनहरू तत्काल लागू गर्नुपर्ने समिति माग छ। साथै, मालवाहक सवारी साधनको भारवहन क्षमतासम्बन्धी निर्देशिका २०७४ ...
बामगतीमा मनाइयो गणतन्त्र दिवस

बामगतीमा मनाइयो गणतन्त्र दिवस

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्रको उपलब्धिलाई नकार्ने प्रवृत्तिलाई राजनीतिक पूर्वाग्रहको उपज भन्दै आलोचना गरेका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार हेटौँडामा आयोजित औपचारिक समारोहलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था मात्र नभई न्याय, समानता, समावेशिता र सेवाभावको प्रतीक हुनुपर्ने धारणा व्यक्त गरे । ‘गणतन्त्र अमूर्त कुरा होइन, यो अनुभूत गर्न सकिने व्यवस्था हो,’ प्रदेश प्रमुख देवकोटाले भने, ‘तर अझै पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन महसुस गर्न सकेका छैनन् । त्यसैले अब राजनीतिक दलहरू सत्ता होइन, सेवा केन्द्रित भएर अघि बढ्नुपर्छ ।’ उनले राजनीतिक दलहरुलाई परिणाममुखी कार्यमार्फत जनताको सुखद दैनिकी सुनिश्चित गर्न र नागरिकलाई सर्वोपरि राखेर अगाडि बढ्न पनि आग्रह गरे । ‘जनता विकास, रोजगारी र समृद्धि चाहान्छन् । जन...
गणतन्त्र संस्थागत गर्दै समृद्धिको मार्गमा लैजानु आजको आवश्यकता स् प्रदेश प्रमुख देवकोटा

गणतन्त्र संस्थागत गर्दै समृद्धिको मार्गमा लैजानु आजको आवश्यकता स् प्रदेश प्रमुख देवकोटा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को शुभकामना व्यक्त गर्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको बताएका छन् । शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि प्राणको आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनआन्दोलन ०६२र६३ को सफलतासँगै मुलुकमा स्थापना भएको गणतन्त्र नेपाली जनताको संघर्ष, बलिदान र अथक प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि हो । जसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा...
नागरिकमा व्याप्त निराशालाई चिर्दै सहकार्यको वातावरण बनाउनु आवश्यकः  डा. शेखर कोइराला

नागरिकमा व्याप्त निराशालाई चिर्दै सहकार्यको वातावरण बनाउनु आवश्यकः डा. शेखर कोइराला

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ जेठ, हेटौँडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रको सही अभ्यासमार्फत समावेशी, न्यायपूर्ण र सशक्त समाज निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले दिएको शुभकामना सन्देशमा ‘गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरेक कोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ ।’ उल्लेख गरिएको छ । डा. कोइरालाले समाजमा व्याप्त निराशालाई सकारात्मक कर्म र आपसी सहकार्यको वातावरणबाट चिर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । ‘नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै, आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्न सक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ,’ उनको शुभकामना सन्देशमा उल्ल...
बागमतीको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

बागमतीको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०८२र८३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेश सभा बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। संविधानप्रदत्त तथा कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। संविधानमा व्यवस्था भएअनुसारका साझा अधिकारको कार्यान्वयनमा समन्वय र सहकार्य गर्ने प्रदेश सरकारको नीति छ। प्रदेशका सबै क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनमा विपत् संवेदनशीलतालाई आत्मसात् गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकता दिने जनाइएको छ। सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, बहुवर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्...
१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सकिएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र प्रदेश विज्ञापन नीति निर्माणको विषयलाई प्रमुखताका साथ उठाईएको छ । भ...