आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध
१८ भदौ, हेटौँडा । नेपालमा जारी जेन–जी आन्दोलनले उग्र रूप लिँदै जाँदा नेपाली सेनाले विशेष अनुरोध सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा भौतिक संरचना, सार्वजनिक सम्पत्ति र मानव जीवनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले संयमित र जिम्मेवार ढंगले आन्दोलन अघि बढाउन आग्रह गरेको हो।
सेनाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल मुलुकमा भइरहेको घटनाक्रमले राष्ट्रिय एकता, स्वाधीनता र स्थायित्वमा असर पुर्याउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ। सेनाले आफ्नो तटस्थ भूमिकामा अडिग रही राष्ट्रिय हित र नेपाली जनताको सुरक्षा सुनिश्चित गर्न सदैव तत्पर रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका क्रममा जनधनमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”
नेपाली सेनाले शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सम्पूर्ण पक्षलाई संयमित ह...





















