शिक्षा

उपमहानगरको बिभिन्न वडामा चेतना मुलक सडक नाटक प्रस्तुत

उपमहानगरको बिभिन्न वडामा चेतना मुलक सडक नाटक प्रस्तुत

ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, हेटौँडा
८ जेड, हेटौँडा । सामाजिक बेथिती प्रति प्रहारगर्दै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरकाका बिभिन्न वडाहरुमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरीएको छ । हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजि·को सहकार्यमा उपमहानगरका बिभिन्न वडाहरुमा राष्ट्रिय कलाकारहरुको टोलीले बैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागु औषध दुव्र्यसनको प्रभाब र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटक मार्फत सचेतना फैलाउन खोजिएको हो । बुधबार हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक बिद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक बिद्यालयमा सडक नाटकको आयोजना भएकोमा शक्रबार हेटौंडा–३ को महेन्द्र किरण माध्यमिक बिद्यालय, आइतबार हेटौंडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक बिद्यालयमा सडक नाटब प्रस्तुत हुने उपमहानगरले जनाए...
आजबाट हेटौँडामा  युवा सम्मेलन, देशैभरका ३ सय बढी युवा  सहभागी हुने

आजबाट हेटौँडामा  युवा सम्मेलन, देशैभरका ३ सय बढी युवा  सहभागी हुने

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार, हेटौँडा
२८ बैशाख, हेटौँडामा । २८ बैशाखदेखि ३० गतेसम्म ३ सय युवाहरुको प्रत्येक्ष सहभागीतामा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘प्रदेश युवा सम्मेलन २०८२’ हुँदैछ । जहाँ युवाहरुले प्रदेशस्तरमा युवामैत्री नीती निर्माण, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धनका बिषयमा युवा र सरोकारवालबीच संवाद र छलफल गर्नेछन् । तेस्रो श्रृंखलाको रुपमा हुन लागेको युवा सम्मेलनको तयारी सकिएको बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उनका अनुसार सम्मेलनमा देशका सातै प्रदेशबाट ३०० भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुनेछन् । यस्तै राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषदको वेबसाइट तथा अन्य डिजिटल माध्यमहरुबाट लाखौँ युवाहरुलाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता तथा सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो वि...
सरकार र शिक्षक महासंघबीच सहमति

सरकार र शिक्षक महासंघबीच सहमति

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१७ वैशाख, हेटौँडा । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत अनुमोदन गरेको छ । सरकार र महासंघबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि सहमति भएको छ । यसैबीच महासंघले शैक्षिक हडतालसहितको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा शिक्षकहरूलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षामा सहभागी हुन आग्रह गरिएको छ । यस्तै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । यसअघि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएको थियो । वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला...
भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१३ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा विद्यार्थीहरुका लागि व्यवसायिक तालिम शुरू गरिएको छ । पहिलो चरणमा ६० जना विद्यार्थीलाई सिपमुलक तालिम दिन लागिएको विद्यालयले जनाएको छ । तालिमको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई व्यवसायिक तालिम मार्फत भाविष्यमा रोजगारीको ग्यारेन्टि गर्ने उदेश्यले विद्यालयले तालिमको सुरु गरेको बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रारम्भिक चरणमा हेयर कटिङमा, बेसिक व्युटीपार्लर र बेसिक ईलोक्टिसियनको तालिम दिन लागिएको हो । अध्यक्ष सिग्देलले विद्यालयले सैद्वान्तिक पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको र फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार माथी उठाउन आफुहरु लागि परेको जानकारी दिए । उनले सिपमुलक तालिम अन्तर्गत पहिलो चरणमा ...
तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१२ वैशाख, हेटौँडा । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको हिजोको इजलासले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो । इजलासले एसईईको परीक्षाफल समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश दिएको छ । आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिन सर्वोच्चले भनेको छ । कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ । सर्वोच्चले देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न, नगराउन पनि भनेको छ । आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश...
कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१० वैशाख, हेटौँडा । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले आउँदो २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको जानकारी दिए । मंगलबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिएका थिए । त्यसअघि मंगलबार बिहानको बोर्ड बैठकले निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मच...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
८ वैशाख, हेटौँडा । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको भन्दै अनलाइन खबरले समाचार लेखेको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनका राजीनामा आएको हो । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुन सम्भावना छ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...
बालबालिकाले सिके बोल्ने कला

बालबालिकाले सिके बोल्ने कला

ताजा अपडेट, शिक्षा, समाचार
१ वैशाख, हेटौँडा । बालबालिकालाई सार्वजनिक भाषणकला सिकाउन हेटौँडामा सञ्चालित सात दिने जुनियर पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । हेटौँडा मल्टिमिडिया प्रालि र किताबघरले पहिलोपटक सञ्चालन गरेको तालिममा २४ जना बालबालिकाले भाग लिएका थिए । चैत २३ गतेदेखि सञ्चालित तालिमको समापनका अवसरमा सबै सहभागीहरूले विभिन्न विषयमा आआफ्नो प्रस्तुति दिएका थिए । शनिबार नवोदय शिशु सदन माविको सभाहलमा भएको कार्यक्रममा बालबालिकाको प्रस्तुतिपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्दै उनीहरूले हेटौँडामा यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने समेत विचार व्यक्त गरे । मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले छोटो अवधीको तालिमबाटै बालबालिकाले महत्त्वपूर्ण सीप सिकेको पाएको बताए । तालिमले बालबालिकामा जस्तोसुकै अवस्थामा आफ्ना कुरा राख्न सक्ने आत्मविश्वास भरेको भन्...
म्यासेजमा आएका जथाभावी  लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा आएका जथाभावी लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
२८ चैत, हेटौँडा । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।...
कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलास, ताजा अपडेट, शिक्षा
१३ चैत, हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नियुक्त भएका शिक्षकहरुलाई पदस्थापन गरेको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्दै उनले विद्यार्थीहरुलाई किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई दिन पनि आग्रह गरे । ‘विकट क्षेत्रमा बसेर काम गर्नु चुनौतिसँगै अवसर पनि हो,’ उनले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ ।’ विकट गाउँपालिकामा जिम्मेवारी लिएको भन्दै संकुचित भएर नबस्न गाउ...