
हेटौँडा १७ ले एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई जनही २५ हजार दिने
१ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।
उनले वडाबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रममा बोल्दै आगामी एसईई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिने बताएका हुन् ।
उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाईका लागि प्रेरणा मिल्नुकासाथै साच्चै ‘ए‘ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत हुने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष सत्यालले हेटौँडा–१७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यामिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जान...