शिक्षा

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्। बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी...
एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौंडा । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार जिल्लाका सामुदायीक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका हुन् । उनका अनुसार ग्रेडबृद्धिका लागि साधरणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिनेछन् । यस्तै भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिनेछन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ७ जना कैदीबन्दिले एसईई परीक्षामा सहभागीता जनाउँने छन् । यस्तै हेटौँडास्थित बालसुधारगृहमा रहेका २ जना परीक्षार्थीले पनि परीक्षा दिनेछन् । कारागारका जेलर तिर्थ...
मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
६ चैत, हेटौँडा । मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ । मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे । रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियुका अध्यक्ष थिए । कुल २ हजार ६९८ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो । यस्तै सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्रा...
हेटौँडा १७ ले एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई जनही २५ हजार दिने

हेटौँडा १७ ले एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई जनही २५ हजार दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् । उनले वडाबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रममा बोल्दै आगामी एसईई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिने बताएका हुन् । उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाईका लागि प्रेरणा मिल्नुकासाथै साच्चै ‘ए‘ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत हुने विश्वास व्यक्त गरे । वडा अध्यक्ष सत्यालले हेटौँडा–१७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यामिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जान...
होली शान्तिपूर्ण र अनुशासित रुपमा मनाउन प्रशासन कार्यलय मकवानपुरको आग्रह

होली शान्तिपूर्ण र अनुशासित रुपमा मनाउन प्रशासन कार्यलय मकवानपुरको आग्रह

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
२७ फागुन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि २९ गते परेको रंगहरुको पर्व होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेकोे हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा हस्ताक्षरीत सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरिएको छ । सूचनामा आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ । सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबरजस्ति रं...
विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, हेटौँडा
१८ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन सकिने बताएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले कला र साँस्कृतिकको माध्यमबाट पनि समाजमा चेतना फैलाउन सकिने बताए । वडा अध्यक्ष सिग्देलले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने दावी गरे । पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा–५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १...
शिक्षा विकासको मुल आधारः मुख्यमन्त्री लामा

शिक्षा विकासको मुल आधारः मुख्यमन्त्री लामा

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । उनले शिक्षा नै विकासको मेरुदण्ड भएको उल्लेख गर्दै गलत शिक्षाबाट देश र समाजको पनि विकास नहुने बताए । मुख्यमन्त्री लामाले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे । निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको उनको भनाई थियो । मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकार भित्र नपर्दा चाहे जति काम गर्न नसकेको बताए । स्थानीय र संघ सरकारको जति संरचना प्रदेश सरकारसंग नभएको समेत मुख्यमन्त्री लामाले गुनासो गरे । प्रदेश सर...
सिद्धार्थ माविको ४९ औं वार्षिकोत्सवमा उत्कृष्टा शिक्षक एवं विद्यार्थी सम्मानित

सिद्धार्थ माविको ४९ औं वार्षिकोत्सवमा उत्कृष्टा शिक्षक एवं विद्यार्थी सम्मानित

ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सव मंगलबार सम्पन्न गरेको छ । विद्यिालयले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका ५ जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा नगद सहित सम्मान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई, रोशन शाह, सुनिल शिवाकोटी, सुरुची रेग्मीलाई नगद ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो। यस्तै विद्यालयकी कर्मचारी सपनामाया गोलेलाई नगदसहित कदरपत्र र सबै भन्दी बढी उपस्थित हुने शिक्षकहरु सुप्रिया चौलागाई र शोभा तिम्सिनालाई ...
हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

samachar, ताजा अपडेट, शिक्षा, हेटौँडा
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले आफनो ३५ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । क्याम्पसले स्थापना दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालित भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयीहरुलाई मङ्गलबार एक कार्यक्रमबीच परस्कार वितरण तथा सम्मान गरेको छ । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे । का...
कैलाशका बाल विकास शिक्षकलाई मन्टेश्वरी तालिम सुरु

कैलाशका बाल विकास शिक्षकलाई मन्टेश्वरी तालिम सुरु

Breaking News 2, कैलास, ताजा अपडेट, शिक्षा, समाचार
१३ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि चार दिने मन्टेश्वरी तालिम मंगलबारबाट सुरु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो । कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताए । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा क्षेत्रमा हामी ...