वि.पी. स्मृति दिवसमा विचार गोष्ठी तथा सरसफाई कार्यक्रम
६ साउन, हेटौँडा । वि.पी. विचार समाज मकवानपुरले ४३ औं वि.पी. स्मृति दिवसको अवसरमा मंगलबार विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । र हेटौँडा ११ स्थित वि.पी. बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सँगै ‘‘आजको परिवेशमा वि.पी.लाई कसरी सम्झने?’ भन्ने विषयमा विचार गोष्ठी आयोजना गरिएको हो ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता एवं वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष दाहालले वि.पी. कोइरालालाई बहुआयामिक, राष्ट्रिय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनी राष्ट्रिय विभूति भएको बताइन् । ‘वि.पी मानव मात्र होइनन्, उनी महामानव हुन्,’ वडाध्यक्ष दाहालले भनिन्, ‘उहाँका विचार आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक छन् ।’
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समिति सदस्य जानकी लामा, हेटौँडा नगर सभापति उत...























