हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन
१८ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको न्यायीक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ को बिमोचन गरीएको छ । उपमहानगर भित्र भएको न्यायीक गतिबिधी समेटेर प्रकाशन गरीएको न्यायीक दपर्णको बुधबार उप प्रमुख तथा न्यायीक समितिका संयोजक राजेश बानियाँले बिमोचन गरेका हुन् ।
उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत भएको मेलमिलापकर्ताहरुको बार्षिक समीक्षामा दपर्णको बिमोचन गरीएको हो । दपर्णको बिमोचनसँग उपप्रमुख बानियाले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भुमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए ।
कार्यक्रमा न्यायिक समिति मातहत रहेका सबै केन्द्रहरूको कार्य सम्पादनको प्रगति अवस्थाको प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित बैदेशिक रोजगारीमा मेलम...























