मनोरञ्जन

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन, समाचार
१६ भदौ, हेटौँडा । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा गायिका खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने, शब्द राजेश नेपाल बबिन र संगीत विश्वास नेपालकै रहेको हो । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् । सार्वजनिक गरिएको भिडियोमा मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । भिडियोबारे निर्देशक भट्ट र गायक नेपालले यसलाई “आशा लाग्दो म्युजिक भिडियो” भएको बताएका छन् । निर्देशक भट्टले दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । रिया खत्रीले भने गीत सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै दर्शक–स्रोताप्रति आभार प्रकट गरेकी छिन् । उनले आफ्नो प्रस्तुति मन पराइदिन आग्रह गर्दै कलाकारितामै भविष्य जोडिएको बताएकी छन्। उनको आधिकारिक युट्युब च्यानलले ६ महिनामै...
आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१५ भदौ, हेटौँडा । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज गौरापर्वको मुख्य दिन अर्थात् दुर्वाष्टमी ९अठ्यावाली० धार्मिक उत्साहका साथ मनाइँदैछ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी गौरा भन्ने प्रचलन छ । गौरापर्वको अवसरमा हिजो बेलुका गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानै बर्तालु महिलाले गौरामन्दिरको गौराखला (आँगन) मा पूजाआजाका लागि लगिएको हो । पण्डित जयानन्द भट्टका अनुसार, महिलाहरूले दिनभरि बिरुडा ९पाँच थरिका अन्न० चढाएर गौरा देवीको पूजा गर्दै अठ्यावाली गीत गाउँदै श्रद्धा प्रकट गर्ने परम्परा रहिआएको छ । हिजो गौरादेवीमा चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाहरूले धारण गर्ने चलन छ । गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा ल्याई सामूहिक पूजापाठ गर्ने परम्परा अझै जीवित छ । पूजापश्चात् मुख्य प्रसादका रूपमा रहेको बिरुडा आफ्ना श्रीमान्, छोराछोरी तथा आफन...
परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२५ साउन, हेटौँडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा धुमधामका साथ आयोजना हुँदै आएको छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने जनविश्वास छ। यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य छ। पुत्रशोकले ग्रस्त रानीलाई संसारको शोक देखाउन उनले प्रजालाई आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन सु...
साहित्य संगम मकवानपुरद्वारा एउटै मञ्चमा आठजना स्रष्टा सम्मानित

साहित्य संगम मकवानपुरद्वारा एउटै मञ्चमा आठजना स्रष्टा सम्मानित

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१० जेठ, हेटौँडा । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरले हेटौँडामा शनिबार एउटै मञ्चबाट आठजना स्रष्टालाई सम्मान गरेको छ । संस्थाको ३५५औँ नियमित साहित्य सन्ध्या तथा साहित्य संगम उत्सव २०८२ को अवसरमा आयोजित कार्यक्रमबिच विभिन्न विधाका आठजना स्रष्टालाई सम्मान गरिएको हो । संगमले मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट व्यंग्यकार राजकुमार लामिछानेलाई सम्मान गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ । यस्तै, १५ हजार ५५५ राशिको भेषनाथ अधिकारीलाई र स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेयलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए । त्यसैगरी, ११ हजार १ सय रुपैयाँ नगद राशिको विनोद–सुनिता सुवेदी सम्मान २०८१ रामकुमार एलनलाई प्रदान गरिएको छ भने १० हजार राशिको दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट समीर पाख्रिनलाई सम्मानित गरिएको छ । त्यस्तै, मंगलादे...
उपमहानगरको बिभिन्न वडामा चेतना मुलक सडक नाटक प्रस्तुत

उपमहानगरको बिभिन्न वडामा चेतना मुलक सडक नाटक प्रस्तुत

ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, हेटौँडा
८ जेड, हेटौँडा । सामाजिक बेथिती प्रति प्रहारगर्दै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरकाका बिभिन्न वडाहरुमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरीएको छ । हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजि·को सहकार्यमा उपमहानगरका बिभिन्न वडाहरुमा राष्ट्रिय कलाकारहरुको टोलीले बैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागु औषध दुव्र्यसनको प्रभाब र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटक मार्फत सचेतना फैलाउन खोजिएको हो । बुधबार हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक बिद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक बिद्यालयमा सडक नाटकको आयोजना भएकोमा शक्रबार हेटौंडा–३ को महेन्द्र किरण माध्यमिक बिद्यालय, आइतबार हेटौंडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक बिद्यालयमा सडक नाटब प्रस्तुत हुने उपमहानगरले जनाए...
जेठ १५ र १६ गते हेटौंडामा मातृभूमि साहित्य महोत्सव हुने 

जेठ १५ र १६ गते हेटौंडामा मातृभूमि साहित्य महोत्सव हुने 

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
९ जेठ, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले ‘मातृभूमि साहित्य महोत्सव–२०८२’ यही जेठ १५ र १६ गते हेटौंडामा आयोजना गर्ने भएको छ। बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले दुई दिने महोत्सवको बारेमा जानकारी दिएको हो । मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक हयग्रीव आचार्यले महोत्सवको पहिलो दिन ‘हाम्रो नगर, पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर’ शीर्षकमा बहस हुने जानकारी दिए । उनका अनुसार सोही दिन ‘साहित्य, सिर्जना, संवाद र सञ्चार’ र ‘साझा सरोकार: प्रतिलिपि अधिकार’ विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ। यस्तै सोही दिन ‘कविता, जीवन र समाज’ शीर्षकमा परिसंवाद र कविता वाचनको कार्यक्रमसमेत हुने समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक आचार्यले बताए । महोत्सवको दोस्रो दिन सात जना स्रष्टालाई विभिन्न सम्मान प्रदान गरिने सं...
हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ। आइतबार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरुको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए। उनले प्रदेशबाट प्रतिभावान खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ। मन्...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने निर्णय भएको छ । यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिन लागिएको अध्यक्ष खड्काले बताए । अधिका...
आज तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै

आज तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१ चैत, हेटौँडा । रंगहरूको पर्व होली आज शुक्रबार तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । बिहीबार पहाडी र हिमाली जिल्लाहरुमा मनाइएको होली आज शुक्रबार तराईका जिल्लाहरुमा मनाउँन लागिएको हो । पहाडमा होलि मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । होलिलाई हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ का नममा मनाइन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग प...
आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

ताजा अपडेट, मनोरञ्जन, समाचार
२९ फागुन, हेटौँडा । रंगहरुको पर्व फागुन पुर्णिमा अर्थात होली आज काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज