स्वास्थ्य

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्। वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ। उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, स्वास्थ्य
२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउन महिनादेखि हालसम्म सो रोगका कारण ६ जनाको मृत्यु भइसकेको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, पछिल्लो पटक खैरहनी नगरपालिका–४ की एक महिलाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । मृतकमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका हुन् । कार्यालयका अनुसार हालसम्म जिल्लामा १७ जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जना महिला र सात जना पुरुष छन् । तीन जना १५ वर्षमुनिका बालबालिका, पाँच जना १५ देखि ६० वर्ष उमेर समूहका र नौ जना ६० वर्षमाथिका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का ८१ वर्षका, दुई जना ७० वर्षका, एक जना ४२...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार, स्वास्थ्य
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने । शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...
स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
१२ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माणका अन्य योजनाहरू रोकेर भए पनि स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिने बताएका छन्। बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। प्रदेशकै गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्देश्यअनुरूप द्रुत गतिमा अघि बढाउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो। प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री बानियाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिए। तत्कालीन समयमा डोरमणि पौडेल मुख्यमन्त्री र आफू प्रतिपक्षी नेताको भूमिकामा रहँदा प्रतिष्ठानसम्बन्धी ऐन सर्वसम्मत पारित गरेको स्मरण गराउँदै उन...
मकवानपुरको थाहा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा 

मकवानपुरको थाहा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा 

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार, स्वास्थ्य
८ भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकालाई आइतबार ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ । थाहा नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेकोले थाहालाई  ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो । १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलोपटक पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । आइतबार एक औपचारिक कार्यक्रमकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई  ‘पूर्ण ...
कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा

कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Breaking News 2, कैलास, ताजा अपडेट, समाचार, स्वास्थ्य
३१ जेठ, हेटौँडा । मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। शुक्रबार विशेष समारोहबिच बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्। यस घोषणासँगै कैलाश गाउँपालिका पूर्ण संस्थागत गर्भजाँच सुनिश्चित भएको पालिका पनि बन्न सफल भएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेसँगै यो उपलब्धि सार्वजनिक गरिएको अध्यक्ष मोक्तानले बताए। कार्यक्रममा खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग पुर्‍याउन...
कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

Breaking News 2, कैलास, ताजा अपडेट, शिक्षा, समाचार, स्वास्थ्य
२४ जेठ, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी(धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले दुवै वडाका केउरेनी–धुसा र पकनीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरेका हुन्। उनले राज्यको एक घर एक धारा भन्ने नीतिअनुरूप नै गाउँपालिकाले साझेदार संस्थाहरूसँगको सहकार्यमा सरसफाइ र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको व्यवस्था गरिरहेको बताए। ‘हामीले अन्य वडाहरूमा पनि घोषणा गर्दै आइरहेका छौँ। सूचकहरू पूरा भएका अन्य क्षेत्रको घोषणाको तयारीमा छौँ,’ अध्यक्ष मुक्तानले भने। दिगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनै पनि कसर...
भीमफेदी कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भीमफेदी कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार, स्वास्थ्य
१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा मकवानपुरको भीमफेदीस्थित कारागारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कैदीबन्दी र सुरक्षाकर्मीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आयोजनामा तथा कारागार कार्यालय भीमफेदीको समन्वयमा बुधबार उक्त शिविर सञ्चालन गरिएको हो । कारागार प्रशासक सुवास पौडेलका अनुसार शिविरमा हाडजोर्नी तथा नसा, छाला रोग, क्षयरोग, मनोचिकित्सा, स्त्रीरोग, आन्तरिक चिकित्सा, आयुर्वेद, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो। आठ जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य शिविरमा कुल ५०२ जना सुरक्षाकर्मी र कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा आन्तर...
इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट मिर्गौलाको पत्थरी निकालियो

इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट मिर्गौलाको पत्थरी निकालियो

ताजा अपडेट, समाचार, स्वास्थ्य
९ जेठ, हेटौँडा । नेपाल मेडिकल कलेजमा पहिलो पटक ‘एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी विधिबाट मिर्गौलाको ठुलो पत्थरी सफलतापूर्वक निकालिएको छ । युरो सर्जरी विभागको टोलीले २३ वर्षीय लोप्साङ पाल्देनको बाँया मिर्गौलाबाट ६.९ सेन्टिमिटर आकारको पत्थरी हटाउन (ECIRS) प्रविधिको प्रयोग गरेको हो । बिरामी पाल्देन तीन साताअघि मिर्गौलामा गम्भीर समस्या देखिएपछि अस्पताल आएका थिए । उनलाई करिब दुई महिनादेखि पिसाब पोल्ने समस्या थियो । उपचारको क्रममा उनको बाँया मिर्गौलाको पेल्भिसमा ठूलो पत्थरी देखिएपछि डा. निरज सुवेदी र किड्नी ट्रान्सप्लान्ट सर्जन डा। वेश अन्सारीको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले (ECIRS) प्रविधिबाट शल्यक्रिया गरेका थिए । डा। अन्सारीका अनुसार, ूपत्थरीको आकार र जटिल अवस्थाका कारण परम्परागत विधिबाट निकाल्न सम्भव नदेखिएकाले पेटको बाँया भाग र मुत्रनली दुबै स्थानमा सानो प्वाल पारेर पत्थरी ...
राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
१७ वैशाख, हेटौँडा । प्रत्येक वर्ष चट्याङको प्रकोपबाट जनधनको क्षति व्यहोर्दै आएको आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चटु्याङको पूर्व सूचना दिने यन्त्रसहितको साइरन जडान गरिने भएको छ । चट्याङकका कारण राक्सिराङमा बर्सेनि स्थानीयको मृत्यु तथा घाइते हुनुका साथै पशुचौपाय र भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ । यसवर्षको सुरुवातमै पनि राक्सिराङ ८ धुसबगरमा चट्याङ लागेर दुइ जना घाइते भएका थिए । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङको पूर्व सूचना दिने गाउँपालिकालाई मंगलबार नै हस्तान्तरण गरेको छ । गाउँपालिकालाई एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण प्रदान गरिएको छ । उक्त यन्त्र जडान गरेसँगै चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनले राक्सिराङ चट्याङको उच्च जोखिम क्षे...