बागमती प्रदेश

त्रिशुली किनारमा बस खस्दा १७ जनाको मृत्यु, २७ घाइते

त्रिशुली किनारमा बस खस्दा १७ जनाको मृत्यु, २७ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
११ फागुन, हेटौंडा । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब तल त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार दुर्घटनामा परी १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बसमा चालकसहित ४४ जना सवार रहेका थिए। घाइतेहरूको घटनास्थलबाट तत्काल उद्धार गरी बेनीघाट आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। रातिको समय, मोड र सडक अवस्थाका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले मृतकको सनाखत प्रक्रिया अघि बढाएको तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१२ पुस, हेटौँडा । चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्र्यालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउन नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए । स्वच्छ हावा र शुद्ध पानीको लागि वन संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘यो वन तँपाईहरुको आफ्नो हो । तँपाईहरुले रक्षा गर्नुभयो भने जोगिन्छ । तँपाईहरुले लापरवाही गरिदिनुभयो भने वन सकिन्छ । त्यसैले हामी सबै मिलेर यो वन जोगाउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउनका लागि महिलाको सहभागिताले वन संरक्षणमा अझै सहज बनाएको बताए । यता, चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत खगेन्द्रमली रेञ्ज पोष्टका रेञ्जर योगेश ढकालले वन क्षेत्रको संरक्षण, प...
मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा–सुविधाको रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले धुसर बस्ने लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि निर्माण सुरु गरिएको थियो । करिब ८ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङ सुरक्षित आवास नि...
राक्सिराङ र कैलाश गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

राक्सिराङ र कैलाश गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग
५ पुस, हेटौँडा । मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकाले इसाई धार्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गाउँपालिकाहरूले सूचना जारी गर्दै पुस २५, २६ र २७ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्। अध्यक्ष मोक्तानद्वारा जारी सूचनामा क्रिसमस पर्वले आपसी सद्भाव, सामाजिक एकता, शान्ति र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। यस्तै, राक्सिराङ गाउँपालिकाले पनि क्रिसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गर्दै पुस १०, ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमस पर्वले स...
राजमार्ग विस्तारविरुद्ध पीडितको प्रशासन घेराउ, भत्काइएका घर पुनःनिर्माणको माग

राजमार्ग विस्तारविरुद्ध पीडितको प्रशासन घेराउ, भत्काइएका घर पुनःनिर्माणको माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, स्थानीय, हेटौँडा
२२ मंसिर, हेटौंडा । राजमार्ग विस्तारका क्रममा घर–व्यवसाय भत्काइएका हेटौँडाका स्थानीय पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्दै विरोध प्रदर्शन ?आक्रोश व्यक्त गरेका हुन्। प्रदर्शनमा सहभागी स्थानीयले अदालतको आदेश किन नमानेको हो, डोजर आतंक बन्द गर, उचित मुआब्जा दे, भत्काइएका घर पुनःनिर्माण गर, सिडिओ राजीनामा देजस्ता नारा लगाउँदै जुलुससहित धर्ना दिएका थिए। हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र चौकिटोल ओरालोसम्म करिब ५१० घर र संरचना भत्काइएपछि प्रभावितहरू आन्दोलित बनेका हुन्। पीडितहरूका अनुसार सर्वोच्च अदालतले मंसिर १९ गते नै सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरिसके पनि त्यसको अवज्ञा गर्दै डिभिजनले शनिबार बिहानैदेखि घरमा डोजर चलाएको छ। मंसिर २० गते शनिबार एकैदिन ५३१ मध्ये करिब ५१० संरचना भत्काइएको थियो। घर भत्काइसकेपछि मात्र अदालतको आदेश कार्यान्वयन गर्...
पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम बानियाँले आधारभूत पूर्वाधारको विकास नगरी नागरिकको आर्थिक जीवनस्तर उकास्न नसकिने बताएका छन् । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, पुल र बिजुलीजस्ता संरचनाले मात्र जनजीवन सहज र सशक्त बन्ने भएकाले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । 'सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्दैनन्,' मुख्यमन्त्री बानियाँले भने, 'त्यसैले मेरो नेतृत्वको सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मुख्यमन्त्री बानियाँले खानीखोला क्षेत्रका बासिन्दाको पहुँच र आवतजावत सहज बनाउन सिक्रेदोभानको पुल आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले सोमबार बिहान पुल निर्माण स्थलको अनुगमन गर्दै ठेकेदार क...
सडक विस्तार प्रभावितलाई सहुलियत ऋण दिलाउन उपमहानगरले पहल गर्ने 

सडक विस्तार प्रभावितलाई सहुलियत ऋण दिलाउन उपमहानगरले पहल गर्ने 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२१ मङ्सिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्रको राजमार्ग विस्तार अभियानबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको ७६औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न ९ बुँदे निर्णय गर्दै प्रभावित जनताको पुनर्स्थापनामा सहजीकरण गर्ने तयारी गरेको हो । बैठकले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीलाई पुनःआवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, व्यवसाय बन्द भई विस्थापित हुनुपरेका व्यवसायीहरूको लगत संकलन गरी व्यवसाय पुनःसञ्चालन नहुँदासम्मको अवधिका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गर्ने उपमहानगरपालिकाले जनाएको छ। नयाँ घर बनाउन बाध्य भएका प्रभावितलाई दुई हजार  वर्गफिटसम...
सडक बिस्तारका लागि हेटौंडामा शनिबार बिहानै चल्यो डोजर

सडक बिस्तारका लागि हेटौंडामा शनिबार बिहानै चल्यो डोजर

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२० मङ्सिर , हेटौंडा । लामो समयदेखि रोकिदै आएको हेटौँडाको सडक बिस्तार शनिवारबाट सुरु भएको छ । शनिवार बिहानैबाट सडक डिभिजन कार्यलय हेटौँडाका डोजरले हेटौँडाका मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन थालेका छन् । स्थानीय प्रशासनको सहयोगमा बाक्लो सुरक्षाकर्मीको उपस्थितिकाबीच सडक डिभिजन कार्यालय हेटौँडाले राजमार्गको दुबैतर्फ २५÷२५ गज भित्र परेका अतिक्रमित स्थाई तथा अस्थाई संरचना भत्काउने काम अघि बढाएको हो । डिभिजन कार्यलयका झण्डै ६÷७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर अहिले बुद्धचोकदेखी सिमाचोक क्षेत्रमा रहेको घरहरु भत्काउने काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ । यससँगै बजारका अन्य ठाउँहरूमा पनि एकैपटक डोजर परिचालन गरी तीन–चार स्थानबाट विस्तार कार्य थालिएको छ । १५ दिने अल्टिमेटम सकिएपछि जबर्जस्ती हटाउन थालेको सडक डिभिजन हेटौंडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद...
हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१० मङ्सिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रशासनले सक्रिय पहल थालेको छ । पटक(पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक विस्तारलाई तीव्रता दिन सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै...
बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

Breaking News 2, ताजा अपडेट, बकैया, बागमती प्रदेश, समाचार
१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको ३ नम्बर वडास्थित हात्तीसुढेमा बनेको नवनिर्मित ४ तले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई प्रतिनिधि छनोट मात्र नभई, आवश्यक परे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता समेत दिएको उल्लेख गरे । संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, वर्ग र समुदायलाई न्याय दिलाउने संरचना निर्माण गरिरहेको उल्लेख गर्दै उनले गाउँ गाउँमा विकास पुगेको दावी गरे । मुख्यमन्त्री बानियाँले बाटो–पुल बनेको र सेवा विस्तार भएको मन नपर्ने केही समूह अझै व्यवस्थाविरोधी गतिविधिमा रहेको भन्दै उनीहरुबाट जोगिनु पर्ने बताए । लोकतान्त्रिक प्रणालीका कमजो...