
संविधानको रक्षा गर्न माग गर्दै हेटौँडामा युवाहरुको प्रदर्शन
२६ भदौ, हेटौँडा । संविधानको रक्षा, संवैधानिक सर्वोच्चता कायम गर्ने तथा राष्ट्रपतिलाई तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित हेटौँडामा बिहीबार युवाहरूको एक समूहले प्रदर्शन गरेको छ । विशेषगरी कांग्रेस, एमाले र माओवादीसहित विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरूको सहभागितामा गरिएको उक्त प्रदर्शनमा सैनिक शासन नमान्ने चेतावनी दिइएको थियो ।
हेटौँडा उपमहानगरपालिका वढा नम्बर ४ स्थित हुप्र चौरमा भेला भएका युवाहरुले ‘संबैधानिक सर्वोच्चता कायम गर,’ ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपति सार्वजनिक गर’, ‘सैनिक शासन चाहिदैन’, ‘संसद् विघटन गर्न पाइदैँन, र ‘जेनजीका माग पुरा गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । हुप्रचौरबाट सुरु भएर सिमा चोक पुगेको ¥यालीले २३ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत राखेका थिए ।
हुप्रा चौरबाट सुरु भएको ¥याली मेनरोड, बैंक रोड हुँदै सि...