शिक्षा

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गर्ने भएको छ । विद्यालयले शैक्षिक वर्ष २०८३र८४ देखि व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसअघि विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन गराउँदै आएको विद्यालयले समयअनुकूल सीपमुखी र रोजगारी उन्मुख शिक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ विषय थप गर्न लागेको जनाएको छ । होटल म्यानेजमेन्ट अध्ययनका लागि आवश्यक सुविधा सम्पन्न ल्याबसमेत स्थापना गरिने जानकारी दिइएको छ । आइतबार आयोजित कक्षा १२ का विद्यार्थीको बधाई तथा विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले प्रविधिमैत्री, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै कक्षाहरू ...
आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
१९ चैत, हेटौँडा । देशभर आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १ सय ९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका सामुदायिक तथा संस्थागत गरी १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ५ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका हुन् । परीक्षामा नियमिततर्फ ५ हजार ५ सय २७ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फाराम भरेको इकाइ प्रमुख सुदीप गिरीले जानकारी दिए । उनको अनुसार जिल्लाका १० वटा विद्यालयका विद्यार्थी प्राविधिक धारतर्फबाट एसईईमा सहभागी हुँदैछन् भने दुई वटा विद्यालयका विद्यार्थी पूर्ण रूपमा प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल भएका छन् । इन...
मतदान अवधिभर सवारी सञ्चालन र मदिरा बिक्रीमा मकवानपुर प्रशासनको कडाइ

मतदान अवधिभर सवारी सञ्चालन र मदिरा बिक्रीमा मकवानपुर प्रशासनको कडाइ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
१६ फागुन, हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अवधिभर सवारीसाधन सञ्चालन र मदिराजन्य पदार्थको बिक्री(वितरणमा कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जारी गरेको सूचनामा फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध ढुवानी, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ । उक्त समयमा अनुमति प्राप्त सवारीसाधन तथा कूटनीतिक नियोगका सवारी भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै फागुन १९ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक रूपमा सेवन गर्न नपाइने सूचनामा उल्लेख छ । प्रशासनले न...
मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
२३ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्वजनिक गर्दै मंगलबार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरु बन्द रहने जनाएको हो । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ । सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले यस विषयम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ। साथै, परिस्थितिला...
गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार
२३ साउन, हेटौँडा । बागमती प्रदेश सरकारले आउँदो साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाईजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन् । निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू सो दिन बन्द रहनेछन् । प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्...
मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१४ असार हेटौंडा । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा मकवानपुरका ४६.८६ प्रतिशात विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रवार साझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तीर्ण भएका छन् । यसवर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिकसत्रमा मकवानपुरका पाँच हजार  सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा ३६.४७ प्रतिशात विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात दुई हजार ९८ जना उत्तीर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना पर...
हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

Breaking News 1, अर्थ, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ। उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए। खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१÷८२ मा ५० लाख रुपैयाँ ब...
कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

Breaking News 2, कैलास, ताजा अपडेट, शिक्षा, समाचार, स्वास्थ्य
२४ जेठ, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी(धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले दुवै वडाका केउरेनी–धुसा र पकनीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरेका हुन्। उनले राज्यको एक घर एक धारा भन्ने नीतिअनुरूप नै गाउँपालिकाले साझेदार संस्थाहरूसँगको सहकार्यमा सरसफाइ र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको व्यवस्था गरिरहेको बताए। ‘हामीले अन्य वडाहरूमा पनि घोषणा गर्दै आइरहेका छौँ। सूचकहरू पूरा भएका अन्य क्षेत्रको घोषणाको तयारीमा छौँ,’ अध्यक्ष मुक्तानले भने। दिगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनै पनि कसर...
१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
१३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवोदय बोर्डिङ स्कूलमा यही १५ जेठदेखि १७ गतेसम्म तीनदिने नवोदय मुन (नमुना संयुक्त राष्ट्रसंघ) कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, वादविवाद सीप, सहकार्य, र व्यक्तित्व विकास लगायतका सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवका अनुसार, कार्यक्रममा अन्तर्राष्ट्रिय नीति, योजना र विश्वस्तरका समस्या समाधानका विषयमा गहिरो छलफल हुने छ । ‘वास्तविक संयुक्त राष्ट्रसंघको कार्यविधिलाई आधार मानेर सञ्चालित हुने यो कार्यक्रम विद्यार्थीहरूलाई वैश्विक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबारे व्यापक जानकारी दिनका लागि प्रभावकारी बने...
भुटनदेवी माविमा नवआगन्तुक विद्यार्थी र अभिभावकको स्वागत, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित

भुटनदेवी माविमा नवआगन्तुक विद्यार्थी र अभिभावकको स्वागत, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
९ जेठ, हेटौँडा । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विद्यार्थी र तिनका अभिभावकलाई एक विशेष समारोहका बीच स्वागत गरेको छ । ओम्याक्स सिनेमा हलमा बिहीबार आयोजित कार्यक्रम बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको हालको शैक्षिक अवस्था, उपलब्ध सुविधा, नीति तथा आचारसंहिता सम्बन्धी जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा विद्यालयमा करिब ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता, प्रदेशसभा सदस्य श्रेष्ठ र वडाध्यक्ष नवीन सिग्देलको आतिथ्य रहेको थियो । समारोहमा नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई विद्यालयप्रति विश्वास जगाउने उद्देश्यसहित व्यापक जानकारी र सांस्कृतिक प्रस्तुति सम...