मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्।
वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ।
उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय ...























