ट्रेन्डिङ

चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२० भदौ' हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालय बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ। यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।...
बागमतीमा सत्तारूढ एमालेको असहमतिपछि फेरि रोकियो चिट्ठा विधेयक

बागमतीमा सत्तारूढ एमालेको असहमतिपछि फेरि रोकियो चिट्ठा विधेयक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१७ भदौ, हेटौँडा । बागमती प्रदेश सभाबाट पारित गर्ने तयारीमा रहेको चिट्ठा विधेयक पुनः रोकिएको छ । सत्तारूढ दल एमालेको असहमतिपछि मंगलबार बसेको बैठकको कार्यसूचीबाटै उक्त विधेयक हटाइएको हो । यसअघि मंगलबार पारित गर्नेगरी प्रदेश सभामा समितिबाट प्राप्त प्रतिवेदनसहित छलफल विधेयकमाथी बैठकमा छलफल सुरु भएको थियो । तर अन्तिम समयमा आएर उक्त विधेयक प्रदेश सभा बैठकको कार्यसूचिबाटै हटाइएको हो । प्रदेश सभाले प्रदेशस्तरीय चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने तयारी गरेको थियो ।सत्तारूढ दलहरूबिच मै सहमति जुट्न नसक्दा विधेयकलाई कार्यसूचीबाट हटाउनुपरेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि १५ भदौमा बसेको बैठकमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति छिरिङ दोर्जे लामाले सभामा पेस गरेका थिए । यस्तै १६ भदौको बैठकबाट समितिले तयार पारेको प्र...
हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
१६ भदौ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाअस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा। रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरे । उक्त अवसरमा मन्त्री थापाले हेटौँडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएकाले जिम्मेवारी दिएको बताए । उनले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने विश्वास व्यक्त गरे । चितवन घर भएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौँडा अस्पतालका नि. निर्देशकको जिम्मेवारीमा थिए । पोखरास्थित मण...
बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । बागमती प्रदेशसभा सदस्यहरूले नेपाल–भारत–चीनबीचको त्रिदेशीय सीमा विवाद समाधानका लागि संसद्बाट संकल्प प्रस्ताव पारित गर्न माग गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसदहरूले सरकारले कूटनीतिक पहलमार्फत लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । संख्यात्मक रूपमा बलियो सरकार भए पनि सीमा विवादजस्ता संवेदनशील विषयमा पहल गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । सांसदहरूले नेपालको सहमति बिना भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने गरी भएको सम्झौता राष्ट्रियता र सार्वभौमिकतामाथि प्रहार भएको टिप्पणी गरे । बैठकमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले तत्काल संसद्ले साझा धारणा स्वरूप संकल्प प्रस्ताव पारित गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण...
कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन् । जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका हुन् । लालकुमारका कुनै सन्तान छैनन् । उपचारका क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्ग बनेकी थिइन् । दम्पती गाउँमै करिब २ कट्ठा नम्बरी र ३र४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि र साना पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन् । विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घर निर्माणका लागि स...
सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेक...
हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ। आइतबार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरुको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए। उनले प्रदेशबाट प्रतिभावान खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ। मन्...
भाउजुको हत्या गरेको आरोपमा देवर थुनामा

भाउजुको हत्या गरेको आरोपमा देवर थुनामा

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२३ बैशाख, हेटौँडा । भाउजुको हत्या गरेको आरोपमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको छ । जिल्ला न्यायाधीश शकुन्तला कार्कीको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका–१ का २२ वर्षीय राहुल दासलाई हेटौंडा उपमहानगरपालिका–१ की ३५ वर्षीया जेठी भाउजु गुडिया दासको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । राहुलले माइलो दाई २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । २०८१ चैत १२ गते राति ९ बजे टाउकोमा खुकुरी प्रहार गरेर कोठामा नै भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजुले लागु औषध खरिद गर्न पैसा नदिएकाले हत्या गरेको राहुलले प्रहरी समक...
कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरमा छोराले हानेको गोली लागेर बाबु घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घटना जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा भएको हो । बुधबार स्थानीय ३५ वर्षीय इमान सिं थिङले आफ्नो ५९ वर्षीय बाबु कान्छाराम थिङलाई भरुवा बन्दुकबाट गोली हानेका थिए । गोली लागेका कान्छारामको अवस्था सामान्य रहेको मकावानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइते कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा छर्राले लागेर चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छोरा इमान सिंलाई लाइसेन्स नभएको एक थान एक नाले भरुवा बन्दुसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कुखुरा आफ्नो आँगन तर्फ आएको भन्ने बिषयम...
इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मकवानपुरगढी, समाचार
५ वैशाख, हेटौँडा । मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरिका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो । मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका– ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज