ताजा अपडेट

अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडाका अनुपम घलानको स्मृतिमा सञ्चालित पहलो संकरणको अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा १५ नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १८ लाई सडनडेथमा हराउँदै १५ ले उपाधि जितेको हो । उसले उपाधिसहित नगद एकलाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँ पाएको छ । प्रतियोगिता अन्तर्गत फाइनले खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुङ्गो लगाइएको हो । १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर ...
साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, हेटौँडा । साविक विजेता मच्छिन्द्र क्लब ७ औं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले उपाधिका लागि सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ । बागमती गाउँपालि ४ स्थित सहिद स्मृति रंगशालामा शनिवार भएको दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले निराश बनाउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जीतका लागि शिशिर लेखि, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक÷एक गोल गरे । थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । तर सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले दोस्रो पटक उपाधिका लागि उपाधि भिडन्त गर्ने अवसर गुमा...
२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
१० फागुन, हेटौँडा । त्रिभुवन विश्वविद्यालयले २०५४ साल यता पहिलोपटक परीक्षामा सहभागी भएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि मौका परीक्षाकाको अवसर दिएको छ । पढाइ अगाडि बढाउन नसकेकाहरू त्रिविको यो निर्णयबाट खुसी भएका छन् । तर यसको मान्यता, परीक्षा र प्रश्नपत्रको बारेमा भने विद्यार्थीको बुझाइ फरक देखिएको छ । काठमाडौँ बल्खुमा रहेको त्रिभुवन विश्व विद्यालय परिसरमा हिजोआज निकै चहलपहल देखिएको छ । उनीहरू परीक्षाको फारम भर्न विश्व विद्यालय पुगेका हुन् । त्रिविले वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो अनि स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूको लागि मौका दिन लागेको हो । परीक्षाको बेलामा आएको स्वास्थ्यदेखि अरु भ...
बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती
१० फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । मचिन्द्र गत संस्करणको विजेता टोलि हो भने थ्री स्टार चौथो संस्करणको विजेता टोलि हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो । शनिबारको विजेता टोलिले उपाधीका ल...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
९ फागुन, हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती(४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्ड नायक बने । उनले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा लगातार दुई गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेटमा एक गोल गरे । यस्तै एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्कीले खेलको ८८ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । प्रतियोगितामा एपीएफ...
मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने

मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने

ताजा अपडेट, समाचार
९ फागुन, हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले शुक्रबार २ जना प्रजिअको सरुवा गर्दा नवलपरासी पश्चिममा प्रजिअ रहेकी श्रेष्ठ मकवानपुर आउन लागेकी हुन् । यस्तै मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । श्रेष्ठ मकवानपुरमा पहिलो महिला प्रजिअका रुपमा आउन लागेकी हुन् । उनको यो माइती जिल्ला समेत हो...
राजाको प्रस्तावलाई सकारात्मक ढंगले लिन कमल थापाको आग्रह

राजाको प्रस्तावलाई सकारात्मक ढंगले लिन कमल थापाको आग्रह

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
९ फागुन, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय मेलमिलापको राजाको प्रस्तावलाई सबैले सकारात्मक ढंगले लिन आग्रह गरेका छन् । शुक्रवार हेटौँडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दललाई पुर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावलाई सकरात्मक लिन आग्रह गरेका हुन् । उनले अहिलेको अवस्थामा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको मेलमिलाप नीति जरुरी भएको औंल्याए । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनको दावी छ । ‘देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ,’ उनले भने, ‘अहिलेको अवस्थामा वीपी कोइरालाको मेलमिलाप नीति अपरिहार्य देखिन्छ । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको छ ।’ अध्यक्ष थापाले प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज...
युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

अर्थ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए । बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए । ‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’ मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको...
अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

खेलकुद, ताजा अपडेट, हेटौँडा
९ फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा जारी १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेको छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२ औं र ५१ औं मिनेटमा गोल गरेका थिए । यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएकोे ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो । ९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर १८ नम्बर वडाका अभिराज थापा म...
लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यहि फागुन २० गते परेको लदी (कोशी) पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बागमती प्रदेशमा माझि समुदायको बाक्लो उपस्थिति रहेकाले लदी (कोशी) पर्वका दिन सम्पुर्ण समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोवास रहेको छ । यसअघि नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले लदी(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे । संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज