
हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु
१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।
उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।
खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१÷८२ मा ५० लाख रुपैयाँ ब...