samachar

दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइयो

दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइयो

Breaking News 1, samachar, ताजा अपडेट, राजनीति
२९ चैत, हेटौंडा । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं पुर्‍याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन ने...
हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार

हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार

Breaking News 1, samachar, ताजा अपडेट, हेटौँडा
१३ चैत, हेटौँडा। हेटौँडामा आफ्नै देवरले भाउँजुको विभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्ष ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाईमाथी खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो । घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्...
स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

Breaking News 2, samachar, ताजा अपडेट, बागमती प्रदेश
८ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत(साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनपछि मन्त्री किरण थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्नुका साथै आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्छ ।...
हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

samachar, ताजा अपडेट, शिक्षा, हेटौँडा
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले आफनो ३५ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । क्याम्पसले स्थापना दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालित भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयीहरुलाई मङ्गलबार एक कार्यक्रमबीच परस्कार वितरण तथा सम्मान गरेको छ । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे । का...
महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

Breaking News 1, samachar, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट काठमाडौं जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा रतरोन्नति गर्नका लागि आइतबारदेखि डेढ महिनाका लागि बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–५ कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आगामी २१ चैतसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो । वडा अध्यक्ष दुतराज तितुङले उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन बन्द रहने बताए । उनका अनुसार गाउँपालिका–५ स्थित महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको हो । उनले यसअवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड कुलेखानी–फा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज