युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन
९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए ।
बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए ।
‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’
मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको...























