राजनीति

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

अर्थ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए । बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए । ‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’ मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको...
लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यहि फागुन २० गते परेको लदी (कोशी) पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बागमती प्रदेशमा माझि समुदायको बाक्लो उपस्थिति रहेकाले लदी (कोशी) पर्वका दिन सम्पुर्ण समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोवास रहेको छ । यसअघि नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले लदी(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे । संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभ...
अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर

अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर

ताजा अपडेट, राजनीति, समाचार
७ फागुन, हेटौँडा । सुनुवार सेवा समाज मकवानपुरको पहिलो जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बुधबार हेटौँडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवारलाई चयन गरेको छ । त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधिको रुप्मा चयन गरेको छ । निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए । साथै, सुनुवार सेवा समाज मकवानपुरका नवनिर्वाचित जिल्ला कार्यसमिति र प्रदेश तथा संघीय प्...
जिल्लाकै पुरानो महाविर क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

जिल्लाकै पुरानो महाविर क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, स्वास्थ्य
७ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मकवानपुर जिल्लाकै पुरानो महाविर क्लबले नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा इकाई समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधबार कांग्रेस ५ नम्बर वडा इकाईले सञ्चालन गरेको समुदायमा प्राथमिक स्वास्थ्य परिक्षण शिविर अभियानको अवसरमा महाविर क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । क्लबले सुगर किट ५०० थान, उच्च रक्तचाप परिक्षण गर्ने डिजिटल मेसिन २ थान लगायत स्वास्थ्य उपचारमा आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष अजय मानन्धरले जानकारी दिए । महाविर क्बले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सविन नेपालीले जानकारी दिए । हेटौँडा ५ स्थित नविन टोल पिप्लेमा आयोजना भएको प्राथमिक स्वास्थ्य परिक्षण शिविरमा १६५ जनाले स्वास्थ्य परिक्षण ग...
प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमणिकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । विधेयक प्रमाणिकरण गरेसँगै बागमती प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताको लागि बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालय हेटौंडाकी शाखा अधिकृत निशा न्यौपानेका अनुसार उक्त विधेयक प्रदेशसभाको गत माघ २६ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रमाणिकरण गरेको सो विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसंगै कार्यान्वयनको चरणमा जानेछ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बाटो खुल्यो प्रदेशसभाबाट पारित भ...
फागुन ७ गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनः प्रदेश प्रमुख देवकोटा

फागुन ७ गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनः प्रदेश प्रमुख देवकोटा

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको इतिहासमा ७ फागुन एक महत्वपूर्ण दिनको रूपमा रहेको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै निरंकुशता विरुद्ध संगठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ, ‘स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रती उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ‘फागुन ७ ...
आज फागुन ७ अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज फागुन ७ अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

Breaking News 1, राजनीति, समाचार
७ फागुन, हेटौँडा । आज फागुन ७ अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै आज विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाइँदै छ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपालल...
मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

Breaking News 1, राजनीति, समाचार, हेटौँडा
६ फागुन, हेटौँडा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता गरे । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि दुई ठुला दल कांग्रेस र एमालेको वर्तमान सरकार बनेको दाबी गरे । दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण...
माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

Breaking News 1, बकैया, राक्सिराङ्ग, राजनीति, समाचार
३ फागुन,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरुबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन् । नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमान्दार माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने विषय प्रष्ट भएको उनको भनाइ छ । सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै...
बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको भूमिकाः मन्त्री सिंह

बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको भूमिकाः मन्त्री सिंह

Breaking News 2, राजनीति, समाचार
१ फागुन, हेटौँडा । घोषणा सभालाई सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गिण विकासको लागि राज्यसंगै परिवारको भुमिका अपरिहार्य रहेको बताए । परिवारबाट पनि बालबालिकाहरुप्रति आफ्नो भुमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गर्न उनले आग्रह गरे । परिवार पहिलो विद्यालय भएको उल्लेख गर्दै मन्त्री सिंहले परिवारले असल सन्तानसँगै असल नागरिक निर्माणमा जगैदेखि योगदान दिनुपर्नेमा जोड दिए । ‘बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको ठूलो भूमिका छ । यसलाई सबैले ग्रहण गर्नु आवस्यक छ,’ उनले भने, ‘परिवारले नै प्रत्येके बालबालिकालाई एक असर सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्छ ।’ मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभुत गर्ने सवालमा स्थानीय तह देखि प्रदेश र संघ सरकारले काम गरिरह...