
बागमतीका ८६ प्रतिशात किशोरीले मात्रै एचपिभी खोप लगाए
९ फागुन, हेटौंडा । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लाका दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । अभियानमा दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि शुरू भएर ६ फागुनमा सकिएको हो ।
१३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा शतप्रतिशत किशोरीहरुले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन फागुन ६ गतेसम्म ११ हजार १६० जना किशोरीहरुले खोप लगाएका हुन् ।
यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा छ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा...