राजनीति

हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन

हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१८ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको न्यायीक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ को बिमोचन गरीएको छ । उपमहानगर भित्र भएको न्यायीक गतिबिधी समेटेर प्रकाशन गरीएको न्यायीक दपर्णको बुधबार उप प्रमुख तथा न्यायीक समितिका संयोजक राजेश बानियाँले बिमोचन गरेका हुन् । उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत भएको मेलमिलापकर्ताहरुको बार्षिक समीक्षामा दपर्णको बिमोचन गरीएको हो । दपर्णको बिमोचनसँग उपप्रमुख बानियाले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भुमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए । कार्यक्रमा न्यायिक समिति मातहत रहेका सबै केन्द्रहरूको कार्य सम्पादनको प्रगति अवस्थाको प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित बैदेशिक रोजगारीमा मेलम...
भूमि समस्या समाधान आयोग मकवानपुरद्वारा हेटौंडा–१६ मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भूमि समस्या समाधान आयोग मकवानपुरद्वारा हेटौंडा–१६ मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१८ असार, हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा प्रमाणीकरणलाई तीव्रता दिँदै हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा एकदिने अझिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधवार सम्पन्न कार्यक्रम वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा र आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष बलराम बलले आयोगले वडामा पहिचान भइसकेका भूमिहीन दलित र सुकुम्बासीहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रमाणिकरण कार्य अघि बढाइरहेको जानकारी दिए। उनले प्रमाणीकरण भइसकेका फाइलहरू आयोगको कार्यालयमा पुगेको ६० दिनभित्र लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए। वडा अध्यक्ष कोइरालाका अनुसार वडामा हालसम्म भूमिहीन दलित र सुकुम्बासीको ५० वटा र अव्यवस्थित बसोबासीको ५३० वटा गरी कुल ५८० फाइल प्रमाणीकरण ...
राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता 

राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता 

Breaking News 1, खेलकुद, ताजा अपडेट, राजनीति, समाचार
१७ असार, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले नेपाली खेलाडीको भविष्यमा प्रतिकूल असर पार्ने देखिएपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर चिन्ता व्यक्त गरेको छ। संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'खेलकुद नेतृत्व गर्ने संस्थाबीच समयसमयमा देखिने विवादको प्रत्यक्ष मार सधैं खेलाडीमाथि पर्न गएको छ। अहिलेको परिस्थितिले पनि खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा बढेको छ।' खेलाडीको हित सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघले सेनेगलमा सन् २०२५ मा हुने युथ ओलम्पिक र जापानमा सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ । 'खेलाडी मर्कामा पर्दा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ...
बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१६ असार, हेटौंडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमवार सम्पन्न ११औं गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो बजेट १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो । गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै पूँजीगत र चालु खर्चमा क्रमशः २८ करोड ६ लाख ९१ हजार र ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष खत्रीका अनुसार, आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बकैयाले पूर्वाधार निर्माणका ...
कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार ९आज० गाउँपालिकाको सभाहलमा भएको १६ औं गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उपाध्यक्ष मल्लका अनुसार चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०।९ प्रतिशत र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९।१ प्रतिशत बजेट छुट्याइएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालुखर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो...
राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

Breaking News 2, अर्थ, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङले चालु आर्थिक वर्ष २०८१र०८२ मा राक्सिराङको कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो । राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित सार्वजनिक गरेको हो। राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ...
हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

Breaking News 1, अर्थ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्व ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् । हेटौंडाले चालु आर्थिक वर्षका लागि २ अर्व ४३ करोड  ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ । हेटौंडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बज...
मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
८ असार, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष ०८२र८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आ...
जिल्ला प्रशासन मकवानपुरमा पत्रकारलाई दृश्य खिच्न रोक

जिल्ला प्रशासन मकवानपुरमा पत्रकारलाई दृश्य खिच्न रोक

Breaking News 1, ताजा अपडेट, राजनीति, हेटौँडा
६ असार, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार पत्रकारहरूलाई दृश्य खिच्न रोक लगाइएको छ। जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीनवटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको हो। प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० स्किम श्रेष्ठको कार्यकक्षमा जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को ज्ञापनपत्र र कांग्रेस मकवानपुरको ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम आयोजना गरिएको थियो। तर, उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका करिब एक दर्जन पत्रकारलाई सुरक्षा गार्डमार्फत कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको हो। तर, प्रमुख जिल्ला अधिकारीका पिएसओले उनीहरूलाई प्रवेशमा रोक्दै दृश्य खिच्नसमेत नदिने जानकारी दिएका थिए। कार्यकक्षभित्र प्रवेश पाएका केही पत्रक...
पत्रकारमाथि गरिएको अवरोधप्रति प्रेस युनियन मकवानपुरको गम्भीर ध्यानाकर्षण

पत्रकारमाथि गरिएको अवरोधप्रति प्रेस युनियन मकवानपुरको गम्भीर ध्यानाकर्षण

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
६ असार, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको पेशागत कार्यमा गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न रोकिएको र दृश्य खिच्न नदिइएको घटना प्रति प्रेस युनियन मकवानपुरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको ठहर गर्दै विरोध जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौँडाका जनप्रतिनिधिमाथि भएको घटनासँग सम्बन्धित नेपाली कांग्रेसको ध्यानाकर्षण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्य गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका पत्रकारहरु पुगेका थिए । प्रशान कार्यलयमा उनीरुहरुलाई प्रवेश ग...