हेटौँडा

झाँक्रीहरुको गोम गुफा (तपस्या) सकियो

झाँक्रीहरुको गोम गुफा (तपस्या) सकियो

ताजा अपडेट, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । हेटौंडा–१४ स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका गुफा बसेका झाँक्रीहरु आईतवार बाहिर निस्किएका छन् । सेले होईकर वोन्वो रिम ठिम अनुसार ७ दिने गोम गुफा (तपस्या) मा बसेका झाँकीहरु बाहिर निस्किएका हुन् । आईतवार एक कार्यक्रमको आयोजना गर्दै झाँकीहरु बाहिर निस्किएका हुन् । श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानी ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै मेयर लामाले सँस्कृतिलाई जगेर्ना गर्न झाँक्रीहरुको ठुलो योगदान रहेको बताईन् । ८० वर्षभन्दा माथिका नागरिकहरु अझै पनि आफ्नो सस्कृति जोगाउन लागिपरेको भन्दै मेयर लामाले धन्यवाद व्यक्त गरिन् । नेपालमा विभिन्न जातजाति बसोबास गर्ने सबैको आ–आफ्नै संस्कृति रहेको भन्दै मेय...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राध्यापक डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । आइतबार प्रा. डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको हो । प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गरेकी हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले वितरण गर्नुपर्ने नियुक्ति सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो । प्रा. डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा ९१० अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएका उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएक...
सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
११ फागुन, हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा– ६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आईतवारसम्म १० लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा ६ निवासी पूर्णभद्र चौलागाई र रन्जिता चौलागाईबाट ५५ हजार ५५५, विनोद तायल हेटौडाबाट ५१ हजार, रक्षादेवी टोल विकास संस्था हेटौडा–६ बाट ३४ हजार, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटौँडा–६ घर भै हाल फिनल्यान्ड निवासी सोमप्रसाद चौलागाईबाट १५ हजार ५ सय, भुलभुले टोल विकास संस्था, हेटौँडा–६ बाट १५ हजार, हेटौँडा–६ निवासी साधुराम चौलागाईबाट १२ हजार ५ सय र गोविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको छ । यसैगरी हेटौँडा–१७ का वडा सदस्य नवराज न्यौपानेबाट १२ हजार ३ सय, सरस्वती पुडासैनी हेटौँडा ६ बाट ११ हजार, तारानाथ खतिव...
अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडाका अनुपम घलानको स्मृतिमा सञ्चालित पहलो संकरणको अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा १५ नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १८ लाई सडनडेथमा हराउँदै १५ ले उपाधि जितेको हो । उसले उपाधिसहित नगद एकलाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँ पाएको छ । प्रतियोगिता अन्तर्गत फाइनले खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुङ्गो लगाइएको हो । १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर ...
अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

खेलकुद, ताजा अपडेट, हेटौँडा
९ फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा जारी १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेको छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२ औं र ५१ औं मिनेटमा गोल गरेका थिए । यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएकोे ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो । ९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर १८ नम्बर वडाका अभिराज थापा म...
अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा

अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
९ फागुन, हेटौंडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्ष मुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका छन् । नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीत निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका हुन् । प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा १५ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो । खेलको निर्धारित समयमा हेटौँडा–६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाईवाले एक÷एक गोल गरेका थिए । यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले ह...
पहिरोमा ज्यान गुमाएका अनुपमको स्मृतिमा फुटबल प्रतियोेगिता सुरु, हेटौँडा ८ र १८ को विजयी सुरुवात

पहिरोमा ज्यान गुमाएका अनुपमको स्मृतिमा फुटबल प्रतियोेगिता सुरु, हेटौँडा ८ र १८ को विजयी सुरुवात

समाचार, हेटौँडा
८ फागुन, हेटौँडा । गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुपम घलानको स्मृतिमा फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका अनुपमसहित ६ जनाको मृत्यु भएको थियो । उक्त घटनमा परी मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, इन्द्रसरोवरका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकीको ज्यान गएको थियो । नगर खेलकुद विकास समिति हेटौँडाको आयोजनामा हेटौँडा ५ स्थित क्याम्पा रंगशालामा सुरु भएको अनुमप घलान स्मृति १६ वर्ष मुनिको नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौँडा ८ र १८ विजयी सुरुवात गरेका छन् । बुधबारबाछ सुरु भएको प्रतियोगितामा हेटौँडा १८ ले ७ नम्बर र ८ नम्बरले १३ नम्बर वडालाई ह...
आजबाट अनुपम स्मृति फुटबल: उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने 

आजबाट अनुपम स्मृति फुटबल: उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने 

खेलकुद, समाचार, हेटौँडा
७ फागुन, हेटौंडा । आज बुधबारबाट हेटौंडामा पहिलो संस्करणको अनुपम स्मृति १६ वर्ष मुनिको फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने छन् । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा उपमहानगरका १९ मध्ये १० वडाले सहभागिता जनाउदैन् । हेटौंडाको ६, ७, ८, ९, ११, १२, १३, १५, १८ र १९ नम्बर वडाले मात्रै खेलमा सहभागिता जनाउने भएका हुन् । आयोजकले प्रतियोगिताको अघिल्लो दिन मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको फाइनल खेल १० गते हुनेछ । हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेता ट...
मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

Breaking News 1, राजनीति, समाचार, हेटौँडा
६ फागुन, हेटौँडा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता गरे । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि दुई ठुला दल कांग्रेस र एमालेको वर्तमान सरकार बनेको दाबी गरे । दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण...
मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार, हेटौँडा
५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ । मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक...