ताजा अपडेट

बागमती गोल्डकप: अन्तिम क्वाटरफाइनलमा मछिन्द्र र बागमती भिड्दै

बागमती गोल्डकप: अन्तिम क्वाटरफाइनलमा मछिन्द्र र बागमती भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
८ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीवार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । मछिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ...
अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर

अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर

ताजा अपडेट, राजनीति, समाचार
७ फागुन, हेटौँडा । सुनुवार सेवा समाज मकवानपुरको पहिलो जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बुधबार हेटौँडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवारलाई चयन गरेको छ । त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधिको रुप्मा चयन गरेको छ । निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए । साथै, सुनुवार सेवा समाज मकवानपुरका नवनिर्वाचित जिल्ला कार्यसमिति र प्रदेश तथा संघीय प्...
जिल्लाकै पुरानो महाविर क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

जिल्लाकै पुरानो महाविर क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, स्वास्थ्य
७ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मकवानपुर जिल्लाकै पुरानो महाविर क्लबले नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा इकाई समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधबार कांग्रेस ५ नम्बर वडा इकाईले सञ्चालन गरेको समुदायमा प्राथमिक स्वास्थ्य परिक्षण शिविर अभियानको अवसरमा महाविर क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । क्लबले सुगर किट ५०० थान, उच्च रक्तचाप परिक्षण गर्ने डिजिटल मेसिन २ थान लगायत स्वास्थ्य उपचारमा आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष अजय मानन्धरले जानकारी दिए । महाविर क्बले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सविन नेपालीले जानकारी दिए । हेटौँडा ५ स्थित नविन टोल पिप्लेमा आयोजना भएको प्राथमिक स्वास्थ्य परिक्षण शिविरमा १६५ जनाले स्वास्थ्य परिक्षण ग...
प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमणिकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । विधेयक प्रमाणिकरण गरेसँगै बागमती प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताको लागि बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालय हेटौंडाकी शाखा अधिकृत निशा न्यौपानेका अनुसार उक्त विधेयक प्रदेशसभाको गत माघ २६ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रमाणिकरण गरेको सो विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसंगै कार्यान्वयनको चरणमा जानेछ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बाटो खुल्यो प्रदेशसभाबाट पारित भ...
कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, २ दिन चल्ने

कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, २ दिन चल्ने

कैलास, खेलकुद, ताजा अपडेट, समाचार
७ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेका छ । समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको जानकारी दिए । विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको अध्यक्ष मोक्तानले...
गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असइ) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। यसअघि प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमान्डमा चौकीको जिम्मेवारी दिइएको हो । गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित तीनजनालाई हटाएर अनुसन्धान अघि बढाइएको छ । सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुसवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो । उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई पाँच हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।...
महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

Breaking News 1, samachar, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट काठमाडौं जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा रतरोन्नति गर्नका लागि आइतबारदेखि डेढ महिनाका लागि बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–५ कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आगामी २१ चैतसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो । वडा अध्यक्ष दुतराज तितुङले उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन बन्द रहने बताए । उनका अनुसार गाउँपालिका–५ स्थित महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको हो । उनले यसअवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड कुलेखानी–फा...
कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिसभाको पाँचांंै अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् ।   समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुईवटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ । ‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत् प्रतिवेदन अबिलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँ...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मनोरञ्जन, शिक्षा, समाचार
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

ताजा अपडेट, शिक्षा
महेन्द्रनगर–सुदूरपश्चिमकी पहिलो महिला सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरेको हो ।     नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीको सभापतित्व एवं नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित खादामाला र अविर टिका लगाएर सम्मान गरएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तले रविनालाई दिका र खादा लगाएर सम्मान पत्र प्रदान हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पन्तले सुदूरपश्चिममा सार्वजनिक यातायातका सवारी चालक एक प्रतिशत रहेकोमा बि क्याटेगोरीको...