राजनीति

पत्रकारिता जनविश्वासको आधारः मुख्यमन्त्री लामा

पत्रकारिता जनविश्वासको आधारः मुख्यमन्त्री लामा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताएका छन् । लोकतन्त्रमा पत्रकारिताको भूमिका अझ सशक्त र निर्णायक बन्दै गएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको गहना भने । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेलालाई सोमबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताए । “सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ,” उनले भने, “प्रदेश सरकार सञ्चार गृह र पत्रकार संस्थाहरूसँग हातेमालो गरेर अघि बढ्न इच्छुक छ ।” मुख्यमन्त्री लामाले पत्रकारिताले सरकारका कमजोरी औंल्याई सुधारको बाटो देखाउनुपर्ने र सकारात्मक कामको प्रशंसा गर्दै जनविश्वास बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री...
१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
१३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवोदय बोर्डिङ स्कूलमा यही १५ जेठदेखि १७ गतेसम्म तीनदिने नवोदय मुन (नमुना संयुक्त राष्ट्रसंघ) कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, वादविवाद सीप, सहकार्य, र व्यक्तित्व विकास लगायतका सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवका अनुसार, कार्यक्रममा अन्तर्राष्ट्रिय नीति, योजना र विश्वस्तरका समस्या समाधानका विषयमा गहिरो छलफल हुने छ । ‘वास्तविक संयुक्त राष्ट्रसंघको कार्यविधिलाई आधार मानेर सञ्चालित हुने यो कार्यक्रम विद्यार्थीहरूलाई वैश्विक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबारे व्यापक जानकारी दिनका लागि प्रभावकारी बने...
मन्त्रिपरिषद्द्वारा आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद्द्वारा आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुखबाट बागमती प्रदेश सभा बैठकमा प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख...
सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
११ जेठ, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डा. गङ्गालाल तुलाधरले देशमा सुशासन कायम गर्न नीतिगत परिवर्तन आवश्यक रहेको बताएका छन् । एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा हेटौँडामा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै डा. तुलाधरले देशमा पटक–पटक शासन परिवर्तन भए पनि जनताको अवस्था उस्तै रहेको उल्लेख गरे । “राणा शासनको अन्त्य भएको दशकौं बितिसक्यो, तर आज पनि जनताले अपमानित भएर बाँच्नुपरेको अवस्था छ, जुन निकै दुःखद हो,” उनले भने, “हेटौँडाबाट धेरै क्रान्तिहरूको थालनी भएको छ – चाहे त्यो कपडा उद्योगको आन्दोलन होस् वा हालैको सिमेन्ट उद्योग र अस्पतालको पक्षमा भएको आन्दोलन ।” तुलाधरले गभर्नर नियुक्तिबारे पार्टी निर्देश अनुसार नभई व्यक्तिगत प्रभाव र धनबलका आधारमा निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले चितवन–१ बाट निर्वाचनमा पराजित विश्व पौडेललाई ग...
रवि लामिछानेले माग गरेको बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

रवि लामिछानेले माग गरेको बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
९ जेठ, हेटौँडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो । गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए । बुटवलको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही कारा...
बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने

बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
८ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको नीति कार्यक्रम आगामी जेठ १४ गते आउने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागथ आह्वान गरिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२÷०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न सभामुख पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन रुलिङ गरेका छन् । प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दि...
प्रदेश सरकारलाई माओवादी केन्द्रको सुझाव

प्रदेश सरकारलाई माओवादी केन्द्रको सुझाव

Breaking News 2, ताजा अपडेट, राजनीति
८ जेठ, हेटौँडा । आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको बागमती प्रदेश सरकारलाई माओवादी केन्द्रले संघीयता सुदृढीकरणका आधारमा स्पष्ट नीति ल्याउन आग्रह गरेको छ । बिहीबार माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई लिखित रूपमा सुझावपत्र बुझाउँदै संघीयताको मर्मअनुसार नीति कार्यक्रम निर्माण गर्न अनुरोध गरेको हो । संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा गएको टोलीले प्रदेशको एकल अधिकारको पूर्ण कार्यान्वयन, तीन तहका सरकारबीच समन्वय, प्रहरी समायोजन लगायतका संवैधानिक विषयवस्तुलाई नीति कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याएको छ । सुझावपत्रमा उच्च प्रतिफल दिने आयोजना छनोट तथा कार्यान्वयनमा जोड दिइएको छ भने सेवा प्रवाहमा चुस्तता, पारदर्शिता र प्रशासनिक प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्नुको आवश्यकता उल्लेख गरिएको...
बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

Breaking News 2, बागमती प्रदेश, राजनीति
५ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाबी चालु आर्थिक वर्षको बजेट कार्यक्रममा अड्किएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट माथिको विवादका कारण संसद् बैठक बन्धक जस्तै बनेको छ । एकातर्फ सरकार संसद् आह्वान गरेर छलफल गर्न अघि बढेको छ भने विगतको सहमति कार्यान्वयनमा चासो नदेखाउँदा प्रतिपक्ष दल चिढ्याउँदै आएको छ । प्रतिपक्ष दल पनि विगत देखि नै एकै मुद्दामा अडान लिएर बसिरहेका छन् । बजेट पारित गर्दाको बखतमा भएका लिखित सहमति र सो पछिका सर्वदलीय बैठकको सहमति कार्यान्वयन गर्न उनीहरुले काम गरिहरेका छन् । सोही मागदावीका बिच गत चैत १९ गते आह्वान भएको हिउँदे अधिवेशन अन्तर्गतको प्रदेशसभा बैठक बस्न सकेन । सोही विषयमा छलफलका लागि आह्वान भएको सर्वदलीय बैठक पनि निष्कर्ष विहीन बनेपछि संसद् अधिवेशन नै बन्द गर्न...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएनः मुख्यमन्त्री लामा

संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएनः मुख्यमन्त्री लामा

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
३१ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनमा अवरोध भएको बताएका छन्। हेटौँडामा आयोजना भएको युवा सम्मेलनअन्तर्गत मंगलबार आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा लामाले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताए। मुख्यमन्त्री लामाका अनुसार उद्योग, वाणिज्य, आर्थिक विकास तथा उद्यमशीलताजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रदेशको अधिकार सीमित हुँदा प्रदेश सरकारले चाहेजस्तो काम गर्न नसकेको हो। ‘हामीले प्रदेशको विकासका लागि नयाँ नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने हो, तर हामीसँग स्रोत सीमित छ,’ उनले भने, ‘सँगसँगै संघको स्वीकृतिविना कुनै काम अघि बढाउन नसक्दा पनि हामीलाई कतिपय अवस्थमा काम गर्न समस्या छ।’ ‘...