खेलकुद

शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
११ वैशाख, हेटौँडा । शिलान्यास भएको १७ वर्षपछि गौरीटार फुटबल रंगशालाको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालाको शिलान्यास २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बुधबार रंगशालाको उद्घाटन गरेका छन् । निर्धारित मितिअनुसार २९ पुस ०८१ मा रंगशालाका सबै निर्माण कार्य सकिनुपर्ने थियो । रंगशालाको मैदान, रनिङ ट्र्याक, प्यारापिटका सिट र पर्खाल निर्माणमा २० करोड ४६ लाख ७४ हजार रुपैयाँ खर्च भएको खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । ०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो । फुटबल मैदान बने पनि रंगशालाको भौतिक पूर्वाधारका काम बाँकी थियो । पूर्वाधार निर्माण पूरा नहुँदा रंगशालाको उद्घाटन रोकियो । प्रदेश खेलक...
२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० वैशाख, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा २० वैशाखमा चौथो मिस्टर मकवानपुर–०८२ हुने भएको छ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुरसमेत आयोजना गरिने अध्यक्ष भेटवालले बताए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमाघरमा हुनेछ । मिस्टर मकवानपुरको विजेताले एक लाख ३५ हजार ५५५ रुपैयाँ र दोस्रो हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुनेले ४१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगी मकवानपुरको स्थायी बासिन्दा ह...
राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
९ वैशाख, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको धारणा राखेका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा रहेकाहरुले खेलकुदको महत्व बुझ्नै नसकेको उनको भनाई थियो । प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्व नदिएको उनले गुनासो गरे । युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको दावी गरे । हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रको रहेको उनले बताए । बजेट दिने ठाउँमा भएकाहरुलाई खेलकुद बुझाउनै गारो भएको उनको भनाई थियो । यद्यपी बागमती प्रदेशका मुख्यमन्त्री भने खेलक...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
तरुण दलको शुभकामना दौडको उपाधि बकैयाका गोलेलाई

तरुण दलको शुभकामना दौडको उपाधि बकैयाका गोलेलाई

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१ वैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा भएको जिल्ला स्तरीय ५ किलो मिटर खुल्ला शुभकामना दौड प्रतियोगिताको उपाधि बकैया गाउँपालिका वडा नम्बर ५ का राजकुमार गोलेले जितेका छन् । तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईको आयोजनामा भएको प्रतियोगिताको निर्धारित ५ किलो मिटरको दुरी १५ मिनेट ११ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । यस्तै थाहा नगरपालिकाका विजन सुनार र राक्सिराङ गाउँपालिकाका सुवास हेम्जन क्रमशः द्वितिय र तृतिय भए । द्वितिय भएका सुनारले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्ड र तृति हुने हेम्जनले १६ मिनेट १६ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सहमागी महिलाहरुको तर्फबाट हेटौँडा १३ की साधना लोप्चन र हेटौँडा १३ कै सविना ...
एशियन कप छनोटमा नेपाल मलेसियासँग २–० ले पराजित

एशियन कप छनोटमा नेपाल मलेसियासँग २–० ले पराजित

खेलकुद, ताजा अपडेट, समाचार
१३ चैत, हेटौँडा । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एक÷एक गोल ग¥यो । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ । होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो ।...
हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२६ फागुन, हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो । किङ्कमले उपाधिसँगै नगद एक लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखी भएको प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा किङ्कम भेट्रानले फ्रिडम फाइटरलाई ३–२ गोल अन्तरले हराउन सफल भयो । प्रतियोगितामा उपविजेता भएको फ्रिडम फाईटरले नगद ७५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताका सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा ...
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

खेलकुद, ताजा अपडेट, समाचार
२६ फागुन, हेटौँडा । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति सम्पन्न भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायएको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २÷२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २÷२ विकेट लिए । तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने क्रममा भारत प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्...
हेटौँडा भेट्रान्सको उपाधिका लागि किङकम र फ्रिडम फाइटर भिड्ने

हेटौँडा भेट्रान्सको उपाधिका लागि किङकम र फ्रिडम फाइटर भिड्ने

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२५ फागुन, हेटौँडा । हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स भिड्ने भएका छन् । आइतबार हेटौँडा ४ स्थित हुप्रचौर खेलमैदानमा भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरल पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा किङकम भेट्रान्सले आयोजक हेटौँडा भेट्रान्स क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटरसँगको भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे हुने प्रतियोगीता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताको बिजेताले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट ...
हेटौँडा भेट्रान्स कपः फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

हेटौँडा भेट्रान्स कपः फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२३ फागुन, हेटाँडा । हेटाँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश प्रवेश गरेका छन् । हेटौडा ४ स्थित हुप्रचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई दुई शून्य गोल अन्तरले पराजित गरेको हो । फ्रिडमको जितका लागि राजकुमार केसी र कृष्ण मालाकारले एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भए । शुक्रबार भएको दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई तिन शून्य गोल अन्तरले पराजित ग¥यो । नागस्वतीको तर्फबाट निमा लामाल...